थर्कोट समाचारदाता
तुलसीपुर, १० माघ । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ११ गते भोली दाङको तुलसीपुरमा आगमन हुने भएको छ । नेकपा माओबादी केन्द्र तुलसीपुर नगर कमिटिको तेस्रो अधिवेसनको उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्न प्रचण्ड भोली तुलसीपुर आउन लागेको कार्यक्रम प्रचारप्रसार उप–समितिले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । तुलसीपुर लगाएत समग्र दाङको विकास निर्माणदेखी अन्य विभिन्न समस्यालाई उजागर गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको माओबादी नगर कमिटिका अध्यक्ष मोहन थापाले पत्रकार सममेलन मार्फत जानकारी दिनुभएको हो । उहाँले विशेषगरी हरेक हिसाबले पछाडी पारिएको तुलसीपुरलाई अगाडी बढाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको उहाँले बताउनुभएको थियो । उहाँका अनुसार प्रचण्ड आज बाँकेको खजुराका आइपुग्नुभएको छ । प्रचण्ड भोली बिहान ७ बजे तुलसीपुरमा आउने क्रममा बबई नदिबाट झण्डै ४ सय वटा मोटरसाइकलमा स्कटिङ गरेर तुलसीपुर ल्याउने र मेट्रो होटेलमा तुलसीपुरका, विभिन्न सामाजिक संस्थाका अगुवा, विभिन्न पार्टी प्रतिनिधि, पत्रकार लगाएतका व्यक्तीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिनुभएको थियो । त्यसपछी ११ बजेदेखी अरनिको मैदानमा कार्यक्रम सुरु हुने भएको छ । भोली नै प्रचण्ड घोराही जाने र घोराहीमा आयोजना हुने कार्यक्रममा सहभागी भएर भैरहवा हुदै पर्सी काठमाडौं फर्किने कार्यक्रम तय भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds