



दोर्ण के.सी.
दाङ, ९ फागुन।
दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भएको ९ औं दिन पुगेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको नवौँ दिनमा शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, सिर्जना खत्री ” हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतीसँगै दर्शकहरू रमाएका थिए । महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका थिए। चर्चित लोकगायक शर्माले “मुटुमै खेल बस्यो,” “मलाइ अमेरिका यही,” लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा माहोल रौनक बनेको थियो। उनको प्रस्तुतिसँगै उपस्थित हजारौँ दर्शक उत्साहित बनेका थिए। शर्माले गीत गाउँदा दर्शकहरू सँगसँगै नाच्दै रमाइलो गरिरहेका थिए। यसैबिच, महोत्सवको सांस्कृतिक संयोजक सन्तोष खड्काले भोलि (शनिबार) दशौं दिनका लागि चर्चित गायक चक्र बमसहित अन्य कलाकारहरू आउने जानकारी दिएका छन्।तुलसीपुरमा जारी यो महोत्सवले व्यापार प्रवर्द्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। आयोजकले बाँकी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुती रहने जानकारी दिएको छ। महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थितिमा वृद्धि भइरहेको छ। स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समेटिएको महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन्। आयोजकका अनुसार महोत्सवले तुलसीपुर र आसपासका क्षेत्रका नागरिकहरूलाई व्यापार प्रवर्द्धन, र सांस्कृतिक गतिविधिमा संलग्न गराएको छ। महोत्सवको मुख्य आकर्षणको रूपमा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी, र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन्। आयोजकहरूका अनुसार महोत्सवमा थप चर्चित कलाकारहरूको प्रस्तुति हुने कार्यक्रम तय गरिएको छ।
