तुलसीपुरमा भेरीको टोकाईबाट एक महिला विरामी

Byदोर्ण के.सी.

१३ फाल्गुन २०८१, मंगलवार १२:०८ १३ फाल्गुन २०८१, मंगलवार १२:०८ १३ फाल्गुन २०८१, मंगलवार १२:०८

दाेर्ण के.सी.
लसीपुर, १३ फागुन ।
  दाङको तुलसीपुरमा भेरीको टोकाईबाट एक महिला विरामी परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१८ हेमन्तपुर निवासी ५१ वर्षिय महिला फुलमता सुनार भेरीको टोकाईबाट विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार घरमा बसिरहेको अवस्थामा आज बिहान साढे १० बजेको समयमा छिमेकीसँग जंगलबाट आएको भेरीले टोकेको हो ।आमा घरबाहिर बस्नुभएको थियो, गाउँका अन्य स्थानियहरु जंगल गएर आएको रहेछन, उहाँकी छोरी मिना सुनारले भन्नुभयो,’–उनीहरुसँग भेरी पनी सँगसगैं आएको रहेछ, अनि हाम्रो आमालाई झारदिनुस भनेर नजिकै आएको बेला सबै भेरी आमाका शरिरमा आएर टोक्न थालेको हो ।’ उनीहरु आफ्नो घरभित्र पसिसकेपछी भेरीले उनीहरुलाई भने टोक्न नपाएको उहाँको भनाई छ । विरामीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर आसपासका क्षेत्रमा पछिल्लो समय जंगली भेरीले टोक्ने क्रम बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds