थर्कोट समाचारदाता
दाङ, ३ मंसिर। दाङको विकट गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरेको छ । बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी फाइबर मार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाज सहितको ल्याण्डलाईन टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने छ ।टेलिकमले आईतबार बंगलाचुली गाउँपालिका चार कमिरेचौरमा ५ सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान,नेटवर्क विस्तार जस्ता काम सम्पन्न गरेको छ । नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका ईन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बंगलाचुली गाउँपालिकाको कार्यालय ,कमिरेचौर बजार र श्रीवारीका गाउँहरुमा यो सेवा उपलब्ध गराईने छ । साथै क्रंश बंगलाचुलीका मुख्य स्थानहरुमा यो सेवा विस्तार गरिने ईन्जिनियर सुरेश भण्डारीले जानकारी दिएका थिए । बंगलाचुली गाउँपालिकामा यही मंसिर ७ गतेबाट टेलिकमको फाइबर टु द होम एफटीटीएच सेवा प्रयोग गर्नेगरी तयारी थालिकएको ईन्जिनियर भण्डारीले जानकारी दिएका हुन् । फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक तिनवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ ।यो सेवा लिनका लागि वार्षिक ८ हजार देखि २० हजार एक सय २२ सम्मको शुल्क लाग्ने ईन्जिनियर सुरेश भण्डारीले जानकारी दिएका थिए ।उनका अनुसार कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाईने छ।बंगलाचुलीमा यसको सेवा लिनेहरुलाई एक सय मिटर तार र राउटर टेलिकमले सित्तैमा दिने समेत उअनले जानकारी दिएका हुन् । यो सेवा लिनका लागि सेवाग्राहीको नागरिकताको फोटोकपी,एक प्रति फोटो र रितपूर्वक भरेको फारम चाहिने समेत उनले जानकारी दिएका थिए ।बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र उपाध्यक्ष भक्त बहादुर जिसीको ताकेता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा बंगलाचुलीमा टेलिकमको एफटिटिएच सेवा विस्तार भएको हो । बंगलाचुली गाउँपालिकामा हाल सम्म पनि गुणस्तरिय संचार सेवा नभएको अवस्थामा संचार मन्त्री शर्माको जोडबलमा नेपाल टेलिकमको अत्याधुनिक प्रविधिको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार हुँदा आफुहरुलाई खुसी महसुस भएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताएका थिए । अध्यक्ष पुनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई गुणस्तरिय संचार सेवा दिनका लागि संचार मन्त्रीले गरेको काम सह्रानिय भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds