दाेर्ण के.सी.
तुलसीपुर २७ मंसिर
प्रथम तुलसीपुर महोत्सव२०८२ को राैनक बढेकाेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आगामी पुस ४ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको प्रथम तुलसीपुर महोत्सव २०८२ सञ्चालन हुन ६ दिन मात्र बाँकी रहदा महाेत्सवकको तयारी तीव्र पारिएको हाे । तयारीका क्रममा महासंघले बसपार्क नजिकै रहेको तरकारी बजार (हाटबजार स्थल ) मा किसान(व्यापारी) तथा ग्राहकहरुसँग प्रत्यक्ष सुझाव सङ्कलन कार्यक्रम पनि सम्पन्न गरेको छ ।


सुझाव संकलनका क्रममा तरकारी बजारमा कारोबार गर्ने किसान तथा किनमेलका लागि आउने ग्राहकहरूले शौचालय, खानेपानी र बत्तीको अभाव प्रमुख समस्या रहेको बताएका थिए । व्यापारीहरुले सार्वजनिक शौचालय नहुँदा व्यापारीहरु तथा ग्राहकहरू पातुखोला किनारमा शौच गर्न बाध्य हुने गरेको उनीहरुले बताएका थिए । यस क्षेत्रमा शाैचालय तथा फोहोर व्यवस्थापन समेत कमजोर भएकाले व्यापार, व्यवसाय गर्न कठिन परेकाे बताएका थिए । उनीहरुले यस क्षेत्रमा शाैचालय तथा फोहोर व्यवस्थापनलाई प्रभावकारी कदम चाल्नका लागि स्थानीय सरकार, विभिन्न सम्बन्धित सराेकारवाला निकायहरु, विभिन्न राजनीतिक दलहरुलाई समयमै पहल गरिदिन सुझाव समेत दिएका थिए । पातुखोला तरकारी बिक्री केन्द्रमा सञ्चालन हुँदै आएकाे  हाट बजारका व्यापारीहरुकाे सुझाव संकलन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले महोत्सव मार्फत स्थानीय व्यापारी र उत्पादनको प्रवर्द्धनसँगै हाटबजार क्षेत्रमा देखिएका पूर्वाधार समस्या समाधान गर्ने बताउनुभएकाे थियो । महोत्सवको मुख्य उद्देश्य स्थानीय घरेलु तथा साना व्यवसायलाई प्रोत्साहन गर्नु र तरकारी हाटबजार क्षेत्रमा शौचालय, खानेपानी, सरसफाइ, पार्किङ लगायतका पूर्वाधार सुविधालाई व्यवस्थित बनाउनु रहेकोले महोत्सवलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष केसीले बताउनुभएकाे थियो । यसैबिच नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र वलीले विगतमा समयमा विभिन्न संघसंस्थाहरुले विभिन्न उदेश्यहरु देखाएर महनेत्सव सञ्चालन गरेतापनि उद्देश्य अनुरुप जान सकेन्न तर नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले महाेत्सव सञ्चालन गरेर पहिला अरुकाे घर बनाउने अनिमात्र आफ्नाे घर बनाउने उद्देश्यका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे । उहाँले सम्पूर्ण व्यापारी, किसान सबैकाे एउटै सम्मान हुनुपर्दछ भन्ने उद्देश्यका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले महाेत्सवबाट संकलित रकमबाट सुरुमा पातुखोला तरकारी बिक्री केन्द्रमा सञ्चालन हुँदै आएकाे  हाट बजारका स्थानीय व्यापारी र उत्पादनको प्रवर्द्धनसँगै हाटबजार क्षेत्रमा

देखिएका पूर्वाधार समस्या समाधान गर्ने बताउनुभएकाे थियो । महोत्सव तुलसीपुर-६ घोराही रोड, दाङ ॐ शान्ति सिनेमा हलको पूर्वतर्फ खुल्ला मैदानमा लाग्ने यस महोत्सवमा आकर्षक बाल उद्यान, रोटे पिङ आदि , स्थानीय जातजातिहरूको फुड फेस्टिवल , स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ । यसैबिच औद्योगिक व्यापार, हस्तकला प्रदर्शनी , राष्ट्रिय लोक दोहोरी तथा लोकनृत्य प्रतियोगिता , जातीय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकी ,अटो मोवाइल्स, सूचना प्रविधिहरूको प्रदर्शनी ,लण्डन ब्रिज, जलपरी प्रदर्शनी ,
वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाबारे जानकारी
, स्टार्टअप सम्मेलन हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर महासचिव भद्र वलीले जानकारी दिदै आगामी पुस ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुन लागेको महाेत्वमा उपस्थिति भई महाेत्सवकाे सबैलाई चुले निम्ताे गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds