



थर्कोट समाचारदाता
तुलसीपुर, २७ मंसिर ।
रास्वपा केन्द्रिय उप–सभापती डा. स्वर्णीम वाग्लेले आफुहरू दाङको तुलसीपुरमा आउँदा तुलसीपुरबासीहरूले अकलपनिय रुपमा सहभागिता जनाउँदा आफु हर्षीत भएको बताउनुभएको थियो । रास्वपा केन्द्रिय उप–सभापती डा. वाग्लेले आफुहरूतुलसीपुरमा आउदा यती ठुलो जनलहर हुन्छ भनेर आफुले कल्पना समेत नगरेको भन्दै आगामी निर्वाचनमा रास्वपालाई बिजय बनाउन सबैमा अपिल गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिकाको प्रथम ऐतिहासिक नगर भेलालाई सम्बोधन गर्दै अहिले देश आर्थीक संकटको अवस्थामा पुगिसकेको भन्दै यसलाई सुधार गर्न पनी एक पटक रास्वपाको बहुमतको सरकार आवश्यक रहेको बताउनुभएको हो । सो अवसरमा रास्वपाका प्रवक्ता मनिश झा, सचिवालय सदस्य गणेश पराजुली लगाएतका नेताहरुले पनी वक्ताको रुपमा आफ्नो भनाई भेलामा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको सुशासन, पारदर्शिता र नागरिकमुखी राजनीतिलाई स्थानीय तहसम्म मजबुत बनाउँदै पार्टीका नेताहरूले जनताको विश्वास र समर्थनलाई आधार बनाएर वैकल्पिक राजनीतिलाई अघि बढाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँहरूले पुरानो राजनीतिक अभ्यासबाट देशलाई मुक्त गर्दै नयाँ सोच र कार्यशैली मार्फत परिवर्तन सम्भव हुने बताउनुभएको थियो । पार्टीप्रति जनआकर्षण बढ्दै गएको भन्दै आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउने प्रतिवद्धता जनाउनुभएको थियो । साथै, तुलसीपुर उपमहानगरपालिकामा पार्टीको संगठन विस्तार, आगामी कार्यक्रम तथा स्थानीय तहका समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिएको थियो । यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरको नगर सभापतिमा जीवन भण्डारी चयन हुनु भएको छ । तुलसीपुरमा सम्पन्न रास्वपाको भेलाले भण्डारीको नेतृत्वमा १५ सदस्य पालिका तदर्थ समिति गठन गरेको हो । जसको उपसभापतिमा निर्मला वली,(केसी), सचिव कमल बस्नेत, सहसचिव टंक नेपाली, कोषाध्यक्ष राजन भण्डारी, सदस्यहरूमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, कमल बस्नेत, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायण प्रसाद केसी र भेषराज आचार्य चयन हुनु भएको छ ।
