अटो दुर्घटना हुँदा ५ जना घाइते

Byदोर्ण के.सी.

१५ माघ २०८०, सोमबार १७:०२ १५ माघ २०८०, सोमबार १७:०२ १५ माघ २०८०, सोमबार १७:०२

दाङ, १५ माघ ।
तुलसीपुरमा अटो दुर्घटना हुँदा एकै परिवारका तिन जना सहित ५ जना घाइते भएका छन् ।घाइते हुनेमा तुलसीपुर ९ का ३५ वर्षीय खिमा भण्डारी, उहाँका छोरा १६ वर्षिय कृष्ण भण्डारी, सासु ६० वर्षिय रेवति भण्डारी, ठेलावाला ३४ वर्षिय शम्भु गुप्ता र अटो चालक तुलसीपुर ७ का ५० वर्षिय कुल बहादुर पुन घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । आज सोमबार दिउँसो १२ वजे तुलसीपुर ७ सिवनगरदेखि रक्षचौरतर्फ जादै गरेको रा १ ह ३२३४ नम्बरको अटो अनियन्त्रित भइ रोकि राखेको ठेलासंग ठोकिदा ५ जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।घाइते ६० वर्षिय रेवतिलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयो ।अन्य चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds