थर्काेट समाचारदाता
तुलसीपुर, २४ असोज ।
दाङको तुलसीपुरमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका–६ बागर निवासी ४० वर्षीय निरा बादी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार ८/१० दिन अगाडी

श्रीमान–श्रीमतीबिच घरायसी विबाद हुदा निरा तुलसीपुर–१३ बखरियास्थित माइती घरमा गएर बस्दै आउनुभएको थियो । त्यसपछी यही असोज २२ गते उहाँका श्रीमान ५२ वर्षीय राजकुमार बादी श्रीमतीलाई लिने भनेर माइती घरमा गएको अवस्था फेरी दुईजनाबिच बादबिवाद भएको हो ।सोही क्रममा राजकुमारले घाँस काट्न प्रयोग गरिने खुर्पाले प्रहार गर्दा श्रीमती निराको घाँटी, हात र मुखमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । गम्भिर घाइते उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नर्सीङ होम नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । श्रीमतीमाथी प्रहार गरेको खुर्पा राजकुमार आफ्नै टाउकोमासमेत प्रहार गर्दा गहिरो चोट लागेको र राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

