१३ नम्बर वडा कार्यालयले दियो स्तनपान कक्षबाटै सेवा

Byदोर्ण के.सी.

१२ माघ २०८०, शुक्रबार १५:१८ १२ माघ २०८०, शुक्रबार १५:१८ १२ माघ २०८०, शुक्रबार १५:१८

तुलसीपुर, १२ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को नवनिर्मित भवनमा स्तनपान कक्ष स्थापना गरिएको छ । कर्मचारी तथा सेवाग्राही आमालाई सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको हो ।वडा कार्यालयको नयाँ बनेको भवनमा स्थापना गरिएको स्तनपान कक्षले आमाहरुलाई सहजता हुने वडा अध्यक्ष मोहन पौडेलले बताउनुभयो ।सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी संघसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा स्पष्ट व्यवस्था छ । सोहि बमोजिम वडा कार्यालयमा पनि स्तनपान कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । यसअघि स्तनपान कक्ष नहुँदा समस्या थियो । पुरानो भवनमा पर्याप्त ठाउँ नभएका कारण समस्या रहेकोमा अब नयाँ भवनमा अहिले स्तपान कक्ष स्थापना गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds