हुम्लामा हिमपात बढ्दो, तापक्रम ओरालो लाग्यो

Byदोर्ण के.सी.

२४ मंसिर २०८१, सोमबार १५:२५ २४ मंसिर २०८१, सोमबार १५:२५ २४ मंसिर २०८१, सोमबार १५:२५

थर्कोट समाचारदाता
हुमला २४ मंसिर ।
हुम्ला, २४ मंसिर । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । हिजो साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास राख्ने गरेका छन् ।हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् । हिमपातसँगै उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds