



थर्काेट समाचारदाता
तुल्सीपुर, २४ जेठ ।
दाङको तुलसीपुर स्थित हिमाल एकेडेमी तुलसीपुरको आयोजनामा र मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा आज विद्यालय परिसरमै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. रुपेस मान सेरचनको नेतृत्वमा आएको स्वास्थ्य टोलीले शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेको थियो ।





शिविरमा २ सय भन्दा बढीले सेवा लिएका थिए । तीमध्ये जटिल अवस्थामा रहेका दुई दर्जनभन्दा बढी बिरामीलाई छिट्टै नजिकको सुविधा सम्पन्न अस्पतालमा गई थप उपचार लिन सुझाव दिइएको छ । विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीले विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक तथा जनकल्याणकारी कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभएकाे थियो ।



