थर्कोट समाचारदाता
तुलसीपुर ५ भदौं

तुलसीपुर होटल व्यवसायी समितिले चेम्बर अफ कमर्स तुलसीपुरका नयाँ पदाधिकारीलाई स्वागत सम्मान गरेको छ । समितिले मंगलबार एक कार्यक्रम आयोजनाका बिच अध्यक्ष ऋषिराज भण्डारी सहितका पदाधिकारीलाई स्वागत सम्मान गरेको हो । समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य नेत्रलाल वलीको प्रमुख आतिथ्यता एवं चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारीको विशिष्ट आतिथ्यतामा

स्वागत सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा सहभागिवक्ताहरूले व्यावसायिक संस्था मिलेर सामाजिक उत्तरदायित्वका काम गर्दा तुलसीपुरको विकास समृद्धिमा थप टेवा पुग्ने बताउनुभएको थियो । होटल व्यवसायी तुलसीपुरका सल्लाहकार समेत रहनुभएका वलीले व्यावसायिक एकताका लागि सबै व्यवसायीहरू आफ्नो संस्थामा जोडिनुपर्ने बताउनुभएको थियो ।
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष भण्डारीले होटल व्यवसायी समिति र चेम्बर अफ कमर्सबिच सधैं सहकार्य हुने बताउनुभयो । उहाँले होटल व्यवसाय नयाँ तरिकाबाट व्यवसाय गरेमा व्यवसाय फस्टाउने बताउनुभयो ।

होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले व्यावसायिक हकहितका लागि सबै व्यवसायी एकजुट हुनुपर्ने र सामाजिक काम गर्दा अस्तित्व बढ्ने बताउनुभयो । उहाँले व्यवसायीका नाममा विकृति र विसंगति गर्ने व्यवसायीलाई नगर्ने , नगराउने बताउनुभएको थियो । लुम्बिनी प्रदेशको प्रदेश पर्यटन उपाध्यक्ष दोर्ण आचार्य र प्रदेश सदस्य प्रवेश वलीलाई पनि स्वागत सम्मान गरिएको छ । कोषाध्यक्ष दिल बहादुर भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहकार प्रेमप्रकाश मल्लले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds