स्वच्छ पिउने पानी समाधानका लागि सम्पूर्ण उपभोक्ताहरू एकजुट हुन आवश्यक

Byदोर्ण के.सी.

१२ माघ २०८०, शुक्रबार १४:०७ १२ माघ २०८०, शुक्रबार १४:०७ १२ माघ २०८०, शुक्रबार १४:०७

दोर्ण के.सी.
तुलसीपुर, १२ माघ ।
उपभोक्ताको सहज पहुँचका लागि स्वच्छ खानेपानी व्यवस्थापनका लागि सम्पूर्ण उपभोक्ताहरू एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागीवक्ताले जोड दिएकाछन् । उपभोक्ताहरूलाई स्वच्छ खानेपानीको धारा वितरण गर्नुपूर्व पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने समेत सहभागीवक्ताहरूले संस्थालाई सुझाब दिएका थिए । पानी नै जिनव भएकोले दिर्घकालिन व्यवस्थापनका लागि संस्थालाई व्यवस्थित उपभोक्ताको सहज पहुँचका लागि खानेपानीको धारा वितरणलाई व्यवस्थित बनाउन स्रोतको खोजीका लागि एकजुट हुनुपर्ने कार्यक्रमका सहभागी वक्ताले जोड दिएका हुन् । अमृतपुर खानेपानी उपभोक्ता

तथा सरसफाइ संस्थाले शुक्रबार तुलसीपुर–९ थर्कुडाँडामा आयोजना गरेको पार्सद परिचयात्मक कार्यक्रममा बोल्ने वक्ताहरूले विभिन्न ठाउँमा खानेपानीको आपूर्तिमा केही समस्या भएकोले तत्काल समस्या ग्रस्त ठाउँको अनुगमन गरेर समस्या समाधान गर्न संस्था गम्भिर भएर लाग्नुपर्ने कुरामा जोड दिएका हुन् । सो अवसरमा खानेपानीका पदाधिकारीले उपभोक्ताबाट आएको गुनासाहरूलाई लिपिवद्ध गरेर खानेपानी आयोजनाका क्षेत्रमा देखिएका समस्यालाई छिटोभन्दा छिटो हल गर्ने संस्थाले बताएको छ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षता एंव तुलसीपुर उपभमहानगरपालिका –३ का वडा अध्यक्ष विजय बिक, तुलसीपुर उपमहानगरपालिका –९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल, खानेपानीका सल्लाहकार किरण केसी, शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोद शर्मा, उपभोक्ता चन्द्र बहादुर वली लगायतले बोल्नु भएको थियो । संस्थाका कोषाध्यक्ष केशव बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दशरथ वलीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds