बिशाल विश्वकर्मा, तुलसीपुर,०४ माघ
दाङको तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रा.लिद्वारा सन्चालित सिएनटीप्रेस डटकम ले आफ्नो पहिलो स्थापना दिवस को अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । माघ २ र ३ गते नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवन मा २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन गरे पश्चात आज माघ ४ गते रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । पछिल्लो समय तुलसीपुर स्थित नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरमा रगत अभाव भएको कारण रक्तदान कार्यक्रम गरिएको सिएनटी प्रेसका प्रमुख सम्पादक सागर सुबेदी ले बताउनुभयो ‌। तुलसीपुर

उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका खेलकुद संयोजक शिवानन्द डि सी को प्रमुख आतिथ्यमा सम्पन्न सो रक्तदान कार्यक्रममा , प्रमुख अतिथि डि सी ले समाज परिवर्तनको पक्षमा काम गर्ने समाचार संस्थाले यस्ता सामाजिक कार्यका लागि पनि कार्यक्रम आयोजना गरी समाज र राष्ट्र को लागि हित हुने काम गर्नु गर्वको कुरा रहेको बताउनुभएको थियो । कार्यक्रममा अतिथि हरु नवराज गौतम , नवराज सुवेदी, देवेन्द्र कालाथोकी, वंशीराज शर्मा,प्रेम वली लगायतको उपस्थिती रहको थियो भने , २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालनका प्रशिक्षकहरु बसन्त पौडेल,जित सागर जि एम,मदन बि क, राकेश बस्नेत, दिपक बोहोरा, सुमन के सी,यज्ञ बहादुर बुढालाइ कदर पत्र सहित सम्मान गरिएको थियो । २०७९ माघ ४ गते बाट सन्चालन मा आएको सिएनटी प्रेस डट आजको दिन देखि पहिलो बर्ष पार गर्दै दोस्रो बर्षमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds