दोर्ण के.सी.
तुलसीपुर,१२ फागुन ।
तुलसीपुर क्षेत्रलाई सुरक्षित बनाउनका लागि उद्योग वाणिज्य संघ अघि बढेको छ । वाणिज्य संघले अघि सारेको सुन्दर तुलसीपुर सुरक्षित तुलसीपुर अभियानलाई सहयोग पुऱ्याउनका लागि मुक्तिनाथ बैङ्कले ५१ हजारको चेक समेत हस्तान्तरण गरेको छ । विभिन्न बैंक तथा वित्तिय संस्थाबाट सङ्कलित रकमबाट सिसी क्यामरा खरिद तथा बिग्रीएका क्यामरालाई मर्मत गरेर पुनः प्रयोगमा ल्याइने छ । तुलसीपुरमा रहेका २२ वटा क्यामरा मध्य १२ वटा बिग्रीएको अवस्थामा छन् भने ८ वटा चालु अवस्थामा रहेका छन् । निजी क्षेत्रबाट सङ्कलित रकमबाट बिग्रीएका १२ वटा सिसी क्यामराको मर्मत गर्ने र थप १२ वटा नयाँ खरिद गर्ने तयारी वाणिज्य संघले गरेको छ । तुलसीपुर असुरक्षित छ भन्ने भ्रमलाई चिर्नका लागि सुरक्षित तुलसीपुर अभियान चलाएको तुलसीपुर वाणिज्य संघका अध्यक्ष विनिल केसीले बताउनुभएको थियो । तुलसीपुर सुरक्षित छैन भन्ने भ्रम छ । हामी त्यसलाई चिर्ण चाहन्छौ । यसका लागि प्रविधिको प्रयोग मार्फत बजारमा हुने चोरी डकैति लगायतका विभिन्न आपराधिक कृयाकलापमा कमी ल्याउनु हो । सिसी क्यामराले प्रहरीलाई घटनाको पहिचान र अनुसन्धानको नजिक पुऱ्याउन सहयोग पुऱ्याउँछ ।’ अध्यक्ष केसीले भन्नुभयो । त्यसैगरी तुलसीपुर वाणिज्य संघका पूर्व अध्यक्ष राम प्रसाद चालिसेले सरकारले गर्ने काम निजी क्षेत्रले गरेको बताउँदै संघले चालेको अभियानले प्रहरीलाई पनि सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरी, तुलसीपुर बैङ्कर्सका अध्यक्ष रञ्जन कोइराला, मुक्तिनाथ बैङ्कका प्रमुख सरोज लामीछाने, तुलसीपुुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देव बहादुर केसी, महासचिव केशवराज केसी, सदस्य विमल गौतम लगायतले मन्तव्य वक्त गरेको प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds