सामुदायिक विद्यालयद्वारा विद्यार्थीहरूलाई व्यावहारिक सीप

Byदोर्ण के.सी.

१९ चैत्र २०८०, सोमबार १६:३२ १९ चैत्र २०८०, सोमबार १६:३२ १९ चैत्र २०८०, सोमबार १६:३२

थर्कोट समाचारदाता
सल्यान १९ चैत्र ।
कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले आगामी वर्षमा पनि यस कार्यक्रमले निरन्तरता पाउने र सबै माध्यमिक विद्यालयमा सीप विकास केन्द्र स्थापना सहित सञ्चालन गरिने कुरमा जोड दिनुभएको छ । ‘गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाले शिक्षासँगै व्यावहारिक ज्ञानलाई पनि विशेष महत्व दिएर शिक्षा प्रदान गुरेको बताउनुभएको थियो । उहाँले मानिसलाई जीवनोपयोगी सीपले जीवनपर्यन्त सफल जीवन बिताउन सहयोग पुग्ने भएकाले विद्यालय तहदेखि नै विद्यार्थीलाई विभिन्न सीप सिकाउन आवश्यक रहेको समेत बताउनुभएको थियो । ‘जीवनोपयोगी सीपले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई सामना गर्न बल पुग्ने, सीपले विद्यार्थीलाई जिम्मेवार बनाउनुका साथै बौद्धिक क्षमतामा समेत सहयोग पु¥याउने भएको सो अभियान थालिएको उहाँले बताउनुभएको हो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजना र कपुरकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको निःशुल्क प्लम्बिङ तालिम सल्यानका सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूलाई पठनपाठनसँगै व्यावहारिक सीप सिकाउन थालेकोे कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । शिक्षालाई प्रयोगात्मक बनाई जीवनसँ‘ग जोड्न भन्दै सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूलाई जीवनोपयोगी शिक्षा प्रदान गर्न थालेका हुन् । कपुरकोट गाउँपालिकाका पाँचवटा विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन थालेका छन् । कपुरकोट गाउँपालिकामा हाउस वायरिङ, पेन्टिङ, डकर्मी, प्लम्बिङ लगायतका सीपहरू प्रदान गरेको छ । कपुरकोट गाउँपालिका–४ किमिचौँरका दुर्गा बुढा मगर अहिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमिचौँरमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । पढाइसँगै सीप सिक्नुपर्छ भन्ने उहाँलाई लागिरहन्थ्यो । सीप नभएको मान्छेले जहाँ गए पनि दुःख र समस्या झेल्नुपर्छ भन्ने कुरा बुझ्नु भएका उहाँले कुनैपनि सीप सिक्ने सोच बनाउनुभएको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजना र कपुरकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको निःशुल्क प्लम्बिङ तालिम लिएपछि उहाँ हर्षित हुनुभएको छ । कपुरकोट गाउँपालिका–५ रिममा रहेको जीवनज्योति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत भावना साहुले निःशुल्क हाउस वायरिङ तालिम सिकेकाले अब गाउँमै केही गर्ने उद्देश्य रहेको बताउनुभएको थियो । पाएको सीपले आफुलाई पढाइमा उत्साह थपिएको उहाँको भनाइ रहेकोछ । ‘सीप सिकेर दक्षता बढाएमा भविष्यमा केही गर्न सकिन्छ कि भन्ने आत्मविश्वास दिलाएको छ’– उहाँले भन्नुभयो । त्यस्तैगरि विद्यार्थी विवेक बोहराले स्थानीय तहबाट विद्यार्थीका लागि सञ्चालन गरिएको सीपमूलक तालिममा सहभागी भएर सीप सिक्न पाउँदा खुशी लागेको बताउनुभएको थियो । आफ्नो हातमा सीप भएमा विदेश नै जानुपर्छ भन्ने सोचलाई परिवर्तन गर्न तालिमले सहयोग मिलेको उहाँको भनाइ रहेको थियो। कपुरकोट गाउँपालिकाले यस वर्षदेखि पढ्दै, सिक्दै र कमाउँदै कार्यक्रमलाई सञ्चालनमा ल्याएको छ । कपुरकोट गाउँपालिकाले एक माध्यमिक विद्यालय एक सीप विकास तालिमको आयोजना गरेर पढ्दै, सिक्दै र कमाउँदै कार्यक्रम शुरु गरेको हो । जसमा गाउँपालिकाले कालिका माध्यमिक विद्यालय कपुरकोटमा पेन्टिङ र भवानी माध्यमिक विद्यालय छायाँनाथमा डकर्मी तालिम सञ्चालन ग¥यो । यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमिचौर र जीवनज्योति नमूना माध्यमिक विद्यालय रिममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले हाउस वायरिङ र प्लम्बिङ तालिम सञ्चालन गरेको हो । पढ्दै, सिक्दै, कमाउँदै कार्यक्रमलाई जिल्लाका अन्य पालिकाले पनि अनुशरण गर्नुपर्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभएको थियो । विद्यार्थीका लागि सञ्चालन गरिएकाले सीपमूलक तालिमले कुनै पनि विद्यार्थीको जीवनमा सहजता ल्याइदिने अपेक्षा रहेको कपुरकोट गाउँपालिकाले जनाएको छ । यस तालिममा एक सय बढी विद्यार्थी सहभागीता रहेको छ। आउँदो वर्ष सबै विद्यालयमा सीप विकास केन्द्र स्थापना गर्ने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds