थर्कोट समाचारदाता
दाङ, १८ चैत्र । साझा टाइम्स प्रा.लि. लाई गुरुकुल एकेडेमी घोराहीले खेलकुद सामग्रि प्रदान गरेको छ । घोराही १५ रतनपुरमा अबस्थित गुरुकुल एकेडेमीले समाजसंग गुरुकुल भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद सामग्रि सहयोग गरेको हो । साझा टाइम्स प्रालिद्धारा संचालित साझा टाइम्स अनलाइनको पाँच औ वार्षिक उत्सवको अवशरमा मैत्रिपुर्ण फुटवल खेलको आयोजना गरिएको प्रा.लिका अध्यक्ष तथा संचालक सुमन केसिले जानकारी दिएका हुन । उक्त मैत्रिपुर्ण फुटबल खेलको लागि गुरुकुल एकेडेमीले जर्सि , मेडल लगायत्र गरी करीव २० हजार बराबरको सामग्रि आयोजकलाई सहयोग गरेको हो । पुर्ण मानव बनाउने उद्धेश्यले २०७२ सालमा घोराही बाट पठनपाठन सुरु गरेको गुरुकुल एकेडेमीले २०८१ सालको शैक्षिक सत्रबाट तुलसिपुर लमहिबाट पठन सुरु गर्न लागेको छ । हरेक क्षेत्रमा सहयोग गर्ने गुरुकुल एकेडेमी खेल क्षेत्र , शैक्षिक क्षेत्र , कला क्षेत्र , संचार क्षेत्र लगायतका विभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds