सल्यानमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

Byदोर्ण के.सी.

२४ मंसिर २०८१, सोमबार १५:१५ २४ मंसिर २०८१, सोमबार १५:१५ २४ मंसिर २०८१, सोमबार १५:१५

थर्कोट समाचारदाता
दाङ, २४ मंसिर ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी चालक दाङको तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय अनिल विकको मृत्यु भएको हो । आज कालिमाटी गाउँपालिका(१ बाँसखोला नजिकै से १ च ५९५१ नम्बरको ट्याक्टर पल्टिएको हो । बाँसखोला नजिकै साँघुरो घुम्तीमा घुमाउने क्रममा ट्याक्टर पल्टिएको र चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाुबराम बस्नेतले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds