सल्यानमा उद्यमशिलता विकास तथा आयआर्जन बृद्धिका कार्यक्रम हुने

Byदोर्ण के.सी.

१ पुष २०८०, आईतवार १७:२३ १ पुष २०८०, आईतवार १७:२३ १ पुष २०८०, आईतवार १७:२३

सल्यान, १ पुष ।  सल्यानमा उद्यमशिलता विकास तथा आयआर्जन बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन हुने भएका छन् । आइतबार सम्पन्न जिल्ला उद्योग प्रवद्र्धन विकास समितीको बैठकले बेसार प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग कार्यक्रम संचालन गर्ने, टिमुर संकलन, ग्रेडिङ, प्रशोधन, लेवलिङ्ग, प्याकेजिङ्ग र बजारिकरणका लागि सीप संग सहयोग कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा सम्पन्न बैठकले कटाई सिलाई सम्बन्धी सीप प्रतियोगिता तथा औधोगिक प्रदर्शनी प्रतियोगिता संचालन गर्ने, उद्यमिहरुलाइ मेला महोत्सवमा सहयोग गर्ने, वस्तु विकास प्रशिक्षण कक्ष निर्माण अन्तर्गत टपरी उत्पादनका लागि आवश्यक मेसिनरी उपकरण खरिद गर्ने निर्णय गरेको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो ।

उद्यमशिलता तथा महिला आयआर्जन कार्यक्रम तर्फ सल्यानका दशवटै स्थानीय तहहरुमा विभिन्न विषयका तालिम कार्यक्रमहरु सञ्चालन गर्ने लगाएतका निर्णय पनि बैठकले गरेको छ । जिल्ला समन्वय समिति सल्यानका कार्यवाहक प्रमुख असविर बुढाथोकी सहित जिल्लाका स्थानीय तहका प्रमुख, प्रतिनिधी लगायत सहभागि बैठकमा जिल्लामा घरेलु तथा साना उद्योगीले उत्पादन गरेको वस्तुको प्रदर्शनी, उत्पादन एवम बजारीकरणका सन्दर्भमा महत्वपूर्ण छलफल भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds