









सल्यान, ६ पुस । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ को प्रथम वडा अध्यक्ष कप, २०८० शुक्रबारदेखी सुरु भएको छ । जानकी माध्यमिक बिद्यालय, दोहलिको प्रांगणमा छत्रेश्वरी गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले वडा अध्यक्ष कपको उद्घाटन गर्नुभएको छ । व्यक्तिलाइ अनुशासित, स्वस्थ, लगनशील, सृजनशिल, मिहेनती बनाउन तथा स्वस्थ प्रतिस्पर्धामा लैजान खेलकुदको महत्व रहेको भन्दै वडा अध्यक्ष कप उद्घाटन कार्यक्रमका सहभागी वक्ताहरुले खेलकुद विकासका लागि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । वडा नम्बर ३ मा खेल मैदानको अभाव रहेकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको वक्ताहरुको भनाइ थियो । वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बोल्दै खेल क्षेत्रको विकास संगै खेलकुदका गतिविधी संचालनका लागि गाउँपालिकाले प्राथमिकताको साथ काम गरिरहेको बताउनुभएको थियो ।
३ नम्बर वडाका सामाजिक परिचालक सामाजिक कमला केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिसस सल्यानका सदस्य हरि केसी, गाउँपालिकाका प्रवक्ता तथा छत्रेश्वरी ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, नेपाली कांग्रेसका प्रतिनिधि सन्तोष सेन वली, नेकपा एमालेका प्रतिनिधि नेव बहादुर खड्का, नेकपा माओवादी केन्द्रका प्रतिनिधि हिमाल यात्री, एकीकृत समाजवादीका प्रतिनिधि हेमन्त डांगी, राप्रपाका प्रतिनिधि शिला बुढाथोकी, टोल विकास संस्थाका प्रतिनिधि पोखराज दाहाल, बिद्यालयहरुको तर्फबाट जानकी माबि दोहलिका प्रअ उत्तर कुमार केसी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जानकी माध्यमिक बिद्यालय दोहलिका विद्यार्थीले मौलिक र ऐतिहासिक हुड्केली नाच प्रस्तुत गरेका थिए भने विभिन्न बिद्यालयका विद्यार्थी एवम हमिला समुहहरुले नृत्य प्रदर्शन गरेका थिए । कार्यपालिका सदस्यहरु पवित्रा डांगी, तुसला बिक, तिला घर्ती, बसन्ता जीसी, वडा नम्बर ३ का वडा सदस्यहरु निम बहादुर बुढा, मान बहादुर बुढाथोकी, जैकली बिक, विभिन्न राजनीतिक दलका पालिका तथा वडा तहका प्रतिनिधि, टोल विकास समिती, महिला समिती एवम विभिन्न संघ संस्था, कार्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी, खेलप्रेमी, लगायतको सहभागीता थियो । कार्यक्रमको संचालन वडा सचिव गोपाल प्रसाद न्यौपानेले गर्नुभएको थियो ।


