सर्पको टोकाइबाट गम्भीर बिरामी, हेलिकप्टरबाट उद्धार

Byदोर्ण के.सी.

५ श्रावण २०८१, शनिबार १५:५५ ५ श्रावण २०८१, शनिबार १५:५५ ५ श्रावण २०८१, शनिबार १५:५५

काठमाण्डौं, ५ श्रावन ।  सर्पको टोकाइबाट गम्भीर बिरामी परेका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार भएको छ । हिजो आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर बिरामी परेका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो ।जिल्ला अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो । कालिकोटमा जिल्लामा सर्पदंशको उपचार नहुँदा धेरै समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds