









दोर्ण के.सी.
तुलसीपुर, १ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेको एक विद्यालय स्थानीय सरकारले तय गरेको निती नियम तथा तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महासाखा तुलसीपुर दाङले तय गरेको निती नियम परिधी भन्दा बाहिर गएर काम गर्न थालेको छ । सो विद्यालय स्थानीय सरकारको निती, नियम तथा परिधीलाई कुल्चिदै आफ्नो मनोमानीले, आफ्नै ढंगले चलेर गरिव विद्यार्थीहरूको ढाड सेकेको छ । यसरी स्थानीय सरकारको निती नियमलाई कुल्चिदै आफ्नै निती नियम बनाएर गरिव विद्यार्थीहरूको ढाड सेक्ने विद्यालयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको पशुपति माध्यामिक विद्यालय हरिपौरी रहेको छ । सो विद्यालयले सर्टीफिकेटको नाममा विद्यार्थीहरुबाट चर्को सुल्क असुलेको पाइएको छ । कक्षा १० उतीर्ण गरी अन्य विद्यालयमा जान लागेका विद्यार्थीहरुबाट विद्यालयले एउटा सर्टीफिकेट बराबर १० हजार रुपैयाँ लिने गरेको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् । पशुपती माध्यामिक विद्यालय हरिपौरीबाट १० कक्षा पास गरेकी तुलसीपुर उपमहानगरपालिका–१६कुररियाकी सृजना पुनले सर्टिफिकेट लिन जादा विद्यालयले १० हजार रुपैया मागेको बताउनुभएको हो । त्यसपछी फेरी १० हजार रुपैया जम्मा गरेर अर्को दिन बहिनीको सर्टिफिकेट ल्याएको उहाँका दाई सुदन केसीले बताउनुभएको थियो । सर्टिफिकेटको पनि किन यती धेरै पैसा ? भनेर सोध्दा विद्यालयले माथीबाटै त्यही निर्णय भएको छ । जसरी पनि दिनुपर्छ भनेपछी बाध्य भएर १० हजार रुपैया तिरेर सर्टिफिकेट लिएको उहाँले बताउनुभएको हो ।
विद्यालयलाई पैसा दिएको रसिद
विद्यालयले ५ हजार रुपैया सर्टिफिकेट र ५ हजार विद्यालय सहयोग भनेर १० हजार लिने गरेको पाइएको छ । तुलसीपुर–३ सातबासका मिलन घर्तीले पनि विद्यालयले सर्टिफिकेटको १० हजार मागेपछी छोरीको सर्टिफिकेट नलिएको बताउनुभएको थियो । विद्यालय छोडेर जाने बेलामा सहयोगको नाममा विद्यार्थीसँग पैसा असुल्ने काम भएको उहाँले बताउनुभएको छ । विद्यालयको यो निर्णय सरासर गलत भएको भन्दै अन्य विद्यार्थी तथा अभिभावकहरुले समेत गुनासो गरेका छन् । यता हरिपौरी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले विद्यार्थी रोक्नका लागि यस्तो कदम चालिएको बताउनुभएको छ । विद्यालय छोडर विद्यार्थीहरु जान लागेपछी रोक्नका लागि यस्तो निर्णय गरिएको भन्दै उहाँले सर्टिफिकेटको मात्रै नभएर विद्यालयलाई सहयोग स्वरुप रकम मागिएको पनि बताउनुभएको थियो । १० कक्षा उतीर्ण गरी अन्य विद्यालयमा स्थानान्तरण हुदा विद्यार्थीबाट विद्यालयले चर्को सुल्क लिएको हो । यसैविच बिद्यालयकी प्रधानाध्यापक राधा चौधरीले सो शुल्क एकजना विद्यार्थीसँग लिएको र अब व्यवस्थापन समितिको बैठक बसेर ७ हजार फिर्ता गरिने बताएकी छिन् । उनी भन्छिन विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयलाई फलो गरेकी हुँ समुदाय स्तरबाट चलेको विद्यालयमा समुदायबाट नै चलाउनु पर्दछ भनेर अन्य विद्यालय स्तान्तरण भएकोमा ५ हजार र विद्यालयलाई सहयोग स्वरूप ५ हजार गरि रू १० हजार रूपैया लिएको स्वीकारेकी छिन् । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खकेन्द्र अधिकारीले विद्यालयको ऋण १० लाख भएकोले सो ऋण व्यवस्थापन कसरी गर्ने चिन्ता भएको छ । हामीहरू ११ र १२ कक्षा सञ्चालन गर्नका लागि सो रकम लिने गरेको खुल्न आएको छ । उहाँले भन्नु भयो विद्यालयमा अध्ययनरत भईरहने वडाबाट सिफारीस भई आएका दलीत, जेहेन्दार, गरिव, घाईते, द्वन्द्वपिडीत विद्यार्थीहरूलाई निःशुल्क गरेका छौ त भनेका छन् तर यस विषयमा बुझन बाँकी नै छ । सर्टिफिकेटको ३ हजार भन्दा धेरै लिए कारवाही गर्छौ ः शिक्षा महाशाखा प्रमुख ः भण्डारी
यता तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महासाखा प्रमुख चक्र भण्डारीले भने विद्यालयले सर्टिफिकेट बाफत ३ हजार भन्दा धेरै लिन नपाउने बताउनुभएको छ । यदी कसैले सर्टिफिकेटको नाममा ३ हजार भन्दा धेरै सुल्क लिएको पाइएमा कारवाही गर्ने भन्दै उहाँले त्यस्तो पाइएमा तुरुन्तै जानकारी गराउन आग्रह समेत गर्नुभएको छ ।


