तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको अपनत्व सृजना गर्नका लागि आफुहरुलाई विजयी बनाउन संयुक्त प्यानलका उम्मेदवारले आग्रह गरेका छन् । प्रचार प्रसारको अन्तिम दिन आज बजार क्षेत्रका मतदाता संगको भेट पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनिहरुले यस्तो बताएका हुन । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार ललितजंग शाहले संघमा ब्यक्तिबादि प्रबृत्ति हावि हुँदा विभिन्न समस्याहरु उत्पन्न भएको बताउँदै नेतृत्वगर्ने अवसर पाएमा यसको अन्त्य हुने उहाँले बताउनुभयो । संघलाई कसैको ईसारामा चलाउने परिपाटि छ यस्को अन्त्य गर्छौ शाहले भन्नुभयो ।

‘कुनै ब्यक्ति हाबि हुदा ब्यवसायीका समस्या ओझेलमा पर्ने गरेका छन अव त्यसो हुन्न दिदैनौं’ ्र सात दलको समर्थनमा बनेको प्यानललाई मतदाताको साथ रहेको हुँदा जित सुनिश्चित भैसकेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा उद्योग उपाध्यक्ष पदका उम्मेदवार विश्व बस्नेतले युवामैत्रि तवरले ब्यवसायी माथि उकास्नका लागि जिताउन अपिल गरेका गर्नुभयो ।

बदलिदो परिवेश र प्रविधिको प्रगोग मार्फत ब्यवसायमा उत्साहित हुने बातावरण बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रचार प्रसार समितिका संयोजक मिनराज वलीको अध्यक्षता एवम् तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतको प्रमुख आथित्यमा भएको कार्यक्रमको सहजीकरण एमाले नगर सचिव रुप बहादुर खत्रिले गरेका गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds