









थर्कोट समाचारदाता
दाङ, २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गेहेन्द्र डाँगीदेखि तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का लगायत सबैमाथि सफ्टवेयर खरिद प्रकरणको विवाद चुलिदै जान थालेको छ । तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काको आदेशमा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीले हतार–हतारमा कार्यपालिका बैठक छल्नेदेखि सार्वजनिक खरिद नियमावली विपरित कोटेसन गरेर ४० लाख बढीको सामान खरिद गरेपछि यसको चर्को विरोध हुँदै आएको हो । सो कुरा व्यापक रूपमा बाहिरिदै जान थालेपछि विभिन्न सञ्चार माध्यमबाट सूचना तथा सञ्चार प्रविधिको सफ्टवेयर खरिदमा लाखौँको चलखेल भएको समाचारहरू प्रकाशित भएपछि तुलसीपुर उपमहानगरपालिकाले सफ्टवेयर प्रकरणको छानबिनका लागि पालिकाको २५ औ कार्यपालिका बैठकले ३ सदस्य छानबिन समिति गठन गरेको हो । जसको संयोजकमा लेखा समितिका संयोजक तथा वडा नं। ९ का वडा अध्यक्ष घनश्याम ढकाल, सदस्यमा ५ नं। वडा अध्यक्ष वीरेन्द्र शाह र आन्तरिक लेखा परीक्षक प्रकाश केसी रहनु भएको छ । कार्यपालिकाका अधिकांश सदस्यहरूले २३ औं कार्यपालिका बैठकमा एजेण्डा एउटा देखाएर निर्णय अर्को गर्नु, हतारहतारमा कोटेसन गरेर सामान नआउँदै भुक्तानी दिनु, सम्झौता अनुसार सामान नलिएर कमसल खालका ल्याउनु, लेखा समितिलाई बिल, भरपाई नदिनु लगायतका गतिविधिले आर्थिक चलखेल भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका थिए । छानबिन समितिलाई अर्को कार्यपालिका बैठकमा विस्तृत प्रतिवेदन पेश गर्न भनिएको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वलीले बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काको आदेशमा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीले कार्यपालिका बैठक छल्नेदेखि सार्वजनिक खरिद नियमावली विपरित कोटेसन गरेर ४० लाख बढीको सामान खरिद गरेपछि यसको चर्को विरोध हुँदै आएको थियो ।

यसरी भयो कार्यपालिका बैठक बहिष्कार
बुधबारसम्म तुलसीपुर उपमहानगरपालिकाको बेथितिका विरुद्ध सबै वडा अध्यक्षहरू एकै ठाउँमा उभिने सहमती भएको रहेछ। यसमा एमाले र काँग्रेसबाट निर्वाचित वडा अध्यक्षदेखि विभिन्न पार्टी निकट कर्मचारी सङ्गठन पनि एउटै कित्तामा उभिने तयारी भएको रहेछ। तर यिनी सबैका बिचमा एउटा मुख्य एजेण्डा थियो छानबिन समिति गठन । कार्यपालिका बैठकमा कुनै एजेण्डामा छलफल गर्न नदिएर छानबिन समिति गठन गर्ने र उक्त समितिले प्रतिवेदन नल्याउँदासम्म कार्यपालिका बैठक बस्न नदिने सहमति थियो । तर नेकपा एमालेको जिल्ला नेतृत्वले उक्त सूचना थाह पाएपछि बिहीबार तुलसीपुर उपमहानगरपालिका संसदीय दलको बैठक बोलायो । बेलुकी पाँच बजेदेखि राति साढे ११ बजेसम्म करिब ६ घण्टासम्म चलेको बैठकमा एमालेका वडा अध्यक्ष र मेयरका बीचमा चर्काचर्की भयो । अन्ततोगत्वा पक्षविपक्ष नहुने र मेयरलाई पूर्णरुपमा सहयोग गर्ने सहमति भयो । त्यसपछि पूर्व सहमति अनुसार असन्तुष्ट एमालेका वडा अध्यक्ष र काँग्रेसका वडा अध्यक्षबीचको गतिमा एकाएक ब्रेक लाग्यो । एमालेका साथीहरूसँग पालिका बनाउने विषयमा कुरा भएको थियो । ३ महिना देखि बैठक नबसेर उपमहानगरलाई अनिर्णयको बन्दी बनाउने र चोरबाटोबाटोबाट आर्थिक लाभ लिन गरिएको लार्खौ रुपैयाँको सामान खरिदको विषयका विरुद्धमा दुबै पक्षका बिचमा सहमति भएको थियो । तर उहाँहरुले हामीलाई धोका दिनुभयो । मेयर खड्काले २२ वटा एजेण्डामा छलफल गरेपछि अन्तिमा छानबिन समितिको विषयमा छलफल गर्ने भन्ने प्रस्ताव ल्याउनुभयो । हामीले भन्यौ सुरुमै छानबिन समिति गठन गरौं हाम्रो कुरा सुनुवाई भएन । अनि हामी बाहिर निस्क्यौं ।’ ५ का वडा अध्यक्ष वीरेन्द्र शाहले भन्नुभयो। छानबिन समिति गठनको छलफल चल्दै गर्दा उल्टै मेयरले पत्रकारलाई सूचना दिएको भन्दै हाकीमको बचाउ गर्न थालेपछि ५ का वडा अध्यक्ष वीरेन्द्र शाह र ९ का वडा अध्यक्ष घनश्याम ढकालले कार्यपालिका बैठक बहिष्कार गरेको शाहले बताउनु भयो । टीकाराम खडका तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट निर्वाचित मेयर हुनुहुन्छ ।



