दोर्ण के.सी.
दमारगाउँ १४ असार
लागु पदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना तथा अन्र्तक्रिया कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । थर्कोट राष्ट्रिय त्रैमासिक पत्रिकाको समन्वयमा नयाँ पाईला पूर्नस्थापना केन्द्र बिजौंरी दाङले आयोजना गरेको सो कार्यक्रम तुलसीपुर–३ सरस्वती माध्यामिक विद्यालय दमारगाउँमा सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्ण बहादुर खड्का (राजन) को अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा नं.–३ की महिला सदस्य डिलमाया कौंशलको प्रमुख आतिथ्यता तथा नयाँ पाईला पूर्नस्थापना केन्द्र बिजौंरी दाङका उपाध्यक्ष सैलेश शर्माको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । अभिभावक, विद्यार्थी, विभिन्न खटोल विकास संस्थाका अध्यक्षहरू लगायतको सहभागिता रहेको अन्र्तक्रिया कार्यक्रमको प्रशिक्षण नयाँ पाईला पूर्नस्थापना केन्द्र बिजौंरी दाङका उपाध्यक्ष सैलेश शर्माले दिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक जंगबिर के.सी.को स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सुरेन्द्र गुृरूङले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds