










थर्कोट समाचारदाता
दाङ, २९ माघ ।
तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङ्लिस स्कुलले आज एक कार्यक्रमको आयोजना गरिनिःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ ‘क’ लाइनमा अवस्थित बीआर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा विद्यालयमा प्रत्येक वर्षझैं यो वर्ष पनि १८ औं वार्षिकोत्सवको अवसरमा उक्त शिविरको आयोजना गरिएको विद्यालयले जनाएको हो । शिविरमा डा. भुवनेश्वर भुसालले दाँतलाई कसरी र किन स्वस्थ राख्नुपर्छ भन्ने विषयमा जानकारी दिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले दाँतको स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यतासँग पनि सम्बन्ध राख्ने हुँदा बालबालिकाहरूका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभएको थियो । विद्यालय विद्यार्थीहरूको स्वास्थ्यप्रति सदैव सचेत र संवेदनशील रहेको पनि उहाँले उल्लेख गर्नुभयो । शिविरमा सहयोगी सरु केसी, सिमा चौधरी, संगम केसी तथा बीआर डेन्टल हस्पिटल परिवारप्रति विद्यालयले आभार प्रकट गरेको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैंयाले जानकारी दिनुभएको थियो ।



