










थर्काेट समाचारदाता
तुलसीपुर ३ चैत
तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले शनिबार एक कार्यक्रमकाे आयाेजनामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको थियो । वलीले अभिभावकले आज सिकेका कुराहरू व्यवहारमा लागु गर्न सकेमा मात्र छोराछोरीको भबिष्य सोचेको जस्तो हुने कुरामा विश्वस्त रहेको पनि बताउनु भएको थियोे । कतिपय कुराहरू सही हो भनेर गर्दागर्दै गलत गरिराखेका रहेछौं आजको अभिभावक शिक्षा कार्यक्रमले हाम्रो आँखा खोलिदिएको छ। हामी हर्षित छौं अभिभावक सीताचन्द डांगीले बताउनु भयो ।

सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीले बुवाआमा शीर्षकको मन छुने कविता वाचन गर्नुभएको थियो। विद्यालयका एकाडेमिक हेड तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नु भएको थियोे । सो अभिभावक शिक्षा कार्यक्रममा करिब ३०० अभिभावकको सहभागिता रहेको जनाइएको छ ।



