



दाेर्ण के.सी.
तुलसीपुर ११ जेठ
दाङको तुल्सीपुर ९ बेलुवा स्थित सगरमाथा स्कुलका विद्यार्थीले रेडियो प्रकृति एफएमको अवलोकन गर्दै रेडियोको बारेमा अध्ययन गरेका छन् l विद्यार्थीहरूले रेडियोको महत्व रेडियोको महत्व र विद्यार्थीहरूका लागि रेडियोले खेल्ने भूमिकाको बारेमा क्लास दिनुभएको थियो। manager बस्नेतले रेडियोलाई समुदायसँग जोड्ने जीवन्त माध्यम भन्दै यसको सामाजिक भूमिका र विश्वसनीयतालाई विशेष रुपमा जोड दिनुभएको थियो। अवलोकन कार्यक्रमको सहजीकरण गर्दै विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगुयाँले किताबमा रेडियोको बारेमा धेरै कुरा अध्ययन गरेको तर स्टुडियोमा प्रत्यक्ष रुपमा आएर अवलोकन गर्दा लामो समयसम्म काम गरिरहनुभएका व्यक्तिहरुबाट यस्तो खालको क्लासले धेरै प्रभावकारी हुने भएको कारणले गर्दा विद्यार्थीलाई स्टुडियोमा ल्याएको बताउनुभयो। विद्यार्थीहरूले एफएम स्टुडियो कार्यक्रम निर्माण प्रक्रिया प्रसारण प्रविधि लगायतका विषयमा जानकारी लिएका थिए। रेडियो प्रस्तोताहरूसँग प्रत्यक्ष संवाद गर्दै विद्यार्थीहरूले आफू पनि राम्रो उद्घोषक भन्ने प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका थिए। पुस्तकमै सिमित राख्नभन्दा पनि विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान र शिप सिकाउने उद्देश्यले रचनात्मक क्रियाकलाप गर्दै आइरहेको विद्यालयले जानकारी दिएको छ । अवलोकन कार्यक्रममा सगरमाथा स्कुलका कक्षा १०मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।






