दोर्ण के.सी.
दाङ, ३२ साउन । सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलले नयाँ उदाहरणीय कार्यलाई तिब्रता दिएको छ । विद्यालयले स–साना बालबालिकाहरूलाई किताबका मात्र ज्ञानका कुराहरू नभई सामाजिक ज्ञानगुणका कुराहरूमा पनि अगाडि बढाउने उद्देश्यले विद्यार्थीहरूलाई सिपसंगै संस्कारमा पनि जोड्न थालेको छ । तुलसीपुर–९ बेलुवामा रहेको विद्यालयले बालबालिकालाई दुना टपरी बनाउने र धार्मिक संस्कारका लागि चाहिने बत्ति कात्न सिकाइरहेको विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा

मज्गैँयाले जानकारी दिनुभएको हो । विद्यालयले गत शैक्षिक सत्रदेखि नै बालबालिकालाई दुना, टपरी बनाउन, बत्ति कात्न सिकाउन थालेको उहाँले बताउनुभएको छ । विद्यालयमा कक्षा ७, ८, ९ र १० कक्षामा अध्ययनरत बालबालिकाहरूलाई बिहिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा रहेको लक्ष्मीनारायण मन्दिरमा चलिरहेको महापुराणमा सहभागी गराएर धार्मिक संस्कार समेत सिकाएको उहाँले बताउनुभएको छ । करिब १ सय ५० जना विद्यार्थी महापुराणमा सहभागी भएको उहाँले बताउनुभएको थियो । बालबालिकालाई व्यवहारिक सिपसंगै संस्कार सिकाउन महापुराणमा सहभागी गराएको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बताउनुभएको थियो । विद्यार्थीलाई व्यवहारिक ज्ञान सिप र संस्कार जोड्नका लागि दुना टपरी र बत्ति बनाउन सिकाउने गरेको उहाँले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds