थर्कोट समाचारदाता
काठमाण्डौं, १२ असोज ।
असोज ११ गते शुक्रबारदेखि मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार देशभरमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । काठमाण्डौमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जना गरी ३४ जनाको मृत्यु भएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । यस्तै तीनवटा जिल्लामा गरी १७ जना वेपत्ता रहेका कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरिक्षक एसएसपी विनोद घिमिरेले जानकारी दिनुभएको थियो । उहाँका अनुसार काठमाण्डौमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका छन् । काठमाण्डौ उपत्यकामा एक हजार तीन सय १५ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । यस्तै ७९ वटा पशुचौपाय मरेका र दुई हजार दुई सय ४१ वटा घर डुवानमा परेका एसएसपी घिमिरेले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds