









शान्तिनगर,
जेठ १९ गते ।
दाङको शान्तिनगर गाउँपालिकाका विद्यालयहरु ५ दिन सम्मका लागि बन्द हुने भएका छन् । अत्याधिक गर्मि बढेपछि१८ गतेदेखि २२ गतेसम्मका लागी संस्थागत तथा सामुदायिक बिद्यालय ५ दिनका लागी बन्द गर्ने निर्णय गरेको शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेले बताउनुभएको छ। केहिदिन यता अत्यधिक गर्मी बढेपछि पठनपाठनमा समस्या भएपछि बिद्यालय बन्द गर्ने निर्णयमा पुगिएको बताउदै शिक्षा शाखा प्रमुख पाण्डेले मौसममा सुधार भएमा बिद्यालय नियमित सञ्चालन हुने बताउनुभयो ।



