









दोर्ण के.सी.
तुलसीपुर १२ पुस
व्यावसायिक साक्षरता तथा स्थानीय उत्पादनको बजार पर्वद्वन रणनीति विषयक २ दिने तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुरका अध्यक्ष टेकनाथ कँवरको अध्यक्षता सम्पन्न सो कार्यक्रममा बोल्ने सहभागि वक्ताहरूले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गरेमा मात्र तालिमको सार्थक रहने बताएका थिए । उनीहरूले पछिल्लो समयमा प्रशिक्षार्थीहरुले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्नका लागि सक्रियताका साथ लाग्नुपर्ने बताएका थिए । खाध्यान्न तथा वन बिकास (फिल्यान्ड) को सहयोगमा अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गरेको व्यावसायिक साक्षरता तथा स्थानीय उत्पादनको बजार पर्वद्वन रणनीति विषयक २ दिने तालिमलाई सम्बोधन गर्दै उनीहरूले सो कुरामा जोड दिएका हुन् । ५० जनाको सहभागीता रहेको तालिमको प्रशिक्षण गौरब थापाले गर्नुभएको थियो । खाध्यान्न तथा वन बिकास (फिल्यान्ड) को सहयोगमा अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुरले दाङको आयोजित उद्यमसिलता तथा उत्थान सिलतामा महिलाका कार्यक्रम संयोजक बिध्याराज कडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुर दाङका सचिव भुप बहादुर के.सीले गर्नुभएको थियो ।


