तुलसीपुर, ५ माघ ।  दाङको तुलसीपुर उपमहानगरपालिका ६ ले गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ । बालबालिका शिक्षाबाट बञ्चित नहुन् भन्ने उदेश्यले आज एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री वितरण गरिएको वडा सदस्य यमुना परियारले जानकारी दिनुभयो । उहाँका अनुसार टोलमार्फत गरिब बालबालिका छनौट गरेर उक्त सामाग्री वितरण गरिएको हो ।५६ जना बालबालिकालाई झोला, डे«स, पेन्सीस लगाएतका १ लाख बराबरका सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । तिन वर्षदेखी लगातार रुपमा वर्षेनी शैक्षीक सामाग्री वितरण गर्दै वडा सदस्य परियारले आगामाी दिनमा पनि यसरी नै अझ धेरै बालबालिकाहरुलाइ समेट्ने गरी वितरण गरिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds