



दाेर्ण के.सी.
दाङ, १८ पुस ।
बिचमा ठुलाे अनि साँगुराे पातुखाेला । पातुखाेलाकाे वारिपारी घनावस्ती । जताततै हरियाली माैसम । दक्षिण तर्फ नयाँ बसपार्क । तर बिच खोलाको भागमा विद्यार्थीहरु किताब कापी लिएर पढ्नमा व्यस्त थिए । याे के रहेछ भनी tharkot.com.np का सम्बादाता साे क्षेत्रमा पुग्दा साे पढाइ देखेका थिए । यो कुनै न चलचित्रको छायाँकन थियो न त विद्यार्थीलाई कक्षा कोठा अभाव भएर खोलामा पढ्न गएका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलका विद्यार्थी पातुखोलामा पढ्न गएका रहेछन् । यसै विषयमा कक्षा ७ पढ्ने गौरब भुषालले भन्छन् हामीहरुले कक्षाकाेठामा भन्दा खोलामै आएर पढ्न पाउँदा एकदम सजिलो गरि बुझ्न पाएकाछाै भनेका थिए । उनी भन्छन् ‘प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोगका बारेमा खोलामै आएर पढ्न पाउँदा बुझ्न पाएका छौँ ।’ उनले भने-‘खोलामै आएर पढ्न पाउँदा खोलाको सरंक्षण गर्नुपर्ने कुरा सिकेको छु , यसबाट धेरै फाइदाहरु रहेछन् ।’यस्तै कक्षा ७ मा पढ्ने अन्जली नेपालीले कक्षामा वातावरणको संरक्षण राम्रोसंग भएको छैन भन्ने सरले पढाउने गर्नुभएको तर आज खोलामा आएर पढ्दाखेरी वास्तविकता बुझ्न पाउँदा सार्है ज्ञानभएएको बताएकी थिईन् ।





उनी भन्छिन ‘सरले कक्षा कोठामा पढाउँदा खेरी होला त्यस्तो भन्ने लाग्थ्यो , सत्यकुरा फिल्डमै आउँदा झन् धेरै बुझ्ने मौका पाएको छु ।’
विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यालयले विषयवस्तु अनुसार फिल्डमै गएर पढाउन थालेको बताएका थिए । ‘विषय अनुसार फिल्डमै गएर पढाउने सायद नेपालमा हामी नै पहिलो हौँ।’ उनले भने-‘विद्यार्थीलाई किताबी ज्ञान बन्द कोठाबाट मात्रै दिनुभन्दा विषयवस्तु अनुसार फिल्डमै गएर पढाउँदा विद्यार्थीले सहजरुपमा बुझ्ने अपेक्षा छ । पाठ्यवस्तु अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमको बुधबार औपचारिकरुपमा शुरुवात गरेको हो । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन संरक्षण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा वडा अध्यक्ष भण्डारीले विद्याथीलाई विषय अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमले विद्यार्थीले बाहिरी कुराको ज्ञान सजिलोसंग हासिल गर्ने बताएका थिए । ‘पाठमा भएका कुरा कक्षाकोठामा मात्रै सिकाउँदा प्रभावकारी हुँदैन् ।’ उनले भने-‘पाठ अनुसार कक्षा फिल्डमै पढाउँदा निकै प्रभावकारी हुन्छ ।’ उनले वातावरणको संरक्षण र उपभोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई मोबाईल चलाउनेमात्रै नभएर मोबाईलमा विश्व समुदायमा भएका कुराको बारेमा बुझ्न आग्रह गरेका थिए । यसैबिच साे कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले विद्यार्थीलाई व्यवहारिक रुपमा ज्ञान सिकाउनमा सगरमाथा स्कुलको भूमिका प्रभावकारी बन्दै गएको बताएका थिए । विद्यालयका प्रधानाध्यापक वलीले विद्यालयले विद्यार्थीलाई पाठमा भएका कुरालाई वास्तविकरुपमा बुझाउनका लागि फिल्डमै गएर पढाउन कार्यको शुभारम्भ गरेको बताएका थिए । उनले यस कामलाई सदैब निरन्तरता दिने बताए थिए ।



