









दाेर्ण के.सी.
वचत नै जिवनकाे पहिलाे सहारा भएकोले हरेक मानिसले बचत व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका बिच सहभागी वक्ताले जाेड दिएकाछन् । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तुलसीपुरले शुक्रबार तुलसीपुर -३ डाँडाखुट्टीमा आयाेजना गरेकाे वित्तिय साक्षरता तालिमलाई सम्बाेधन गर्दै सहभागी वक्ताले साे कुरामा जाेड दिएका हुन् ।

बचत तढथा ऋण बिभागीय व्यवस्थापन समितिका दुर्गा भण्डारीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा थर्काेट त्रैमासिक पत्रिका तथा tharkot.com.np का दाेर्ण के.सी. नमुना महिला सामुदायिक वन उपभोक्ता समिति तुलसीपुर -३ दमारगाउका अध्यक्ष हुम बहादुर बिक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे विभिन्न समुहमा आबद्ध दिदीबहिनीहरुकाे सहभागी रहेकाे तालिमकाे प्रशिक्षण हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले दिनुभएको थियाे ।



