










दोर्ण के.सी.
तुलसीपुर १ माघ
भनिन्छ वत्तिको उज्यालो टाढा देखिएता पनि त्यसको अँध्यारो वरपर मात्र हुन्छ भन्ने भनाइ हाम्रो समाजमा जताततै रहेको पाउन सकिन्छ । जसका कारण त्यस्ता क्षेत्रहरू सधैभरी हरेक सेवासुविधाहरू बाट पछी परिरहेका हुन्छन् । हाम्रो देशले २४औ शताव्दी पार गरिसक्दा पनि विभिन्न ग्रामिण भेगमा छरिएर रहेका विभिन्न ठाउँ तथा गाउँहरूमा हालसम्म कुनैपनि विकाश निर्माणले छुन सकेको छैन् । त्यस क्षेत्रमा नेपाल सरकार, विभिन्न संबन्धीत निकाय तथा यहाँका विभिन्न राजनीतिक दलहरू कसैको पनि ध्यान केन्दीत हुन सकेकोे छैन् । सो क्षेत्र तुलसीपुर नगरपालिका क्षेत्र भित्र रहेता पनि हालसम्म सो क्षेत्रका स्थानीय बासिन्दाहरूले नत स्वच्छ पिउने पानी पिउन पाएका छन्, नत यातायात, शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था पाउन सकेका छन् ।
सधैभरी सो क्षेत्रका स्थानीय बासिन्दाहरू धमिलो पानी पिएर बस्न बाध्य भएका छन् । उनीहरू शिक्षा, स्वास्थ्यका लागि दैनिक ५ घण्टाको पैदल यात्रा हिंड्न बाध्य भएका छन् । यो पीडा हो तुलसीपुर उपमहानगरपालिका वडा नं.– ३ स्थित उपल्लो गहतेखोला गाउमा पर्ने सालघारी टोल विकास संस्थाको । सो क्षेत्र तुलसीपुर नगरपालिका देखि करीव १५ किलो मिटर उत्तर पश्चिममा अवस्थित छ । यस क्षेत्र स्वच्छ हावापानी, वातावरणले उचित भएता पनि हालसम्म स्वच्छ पिउने पानी, यातायात, स्वास्थ्य, शिक्षा लगाएतका सेवा सुविधाहरू बाट भने पछि परेको स्थानिय बासीहरूले बताएका छन् । उनीहरू अगाडि भन्छन्– हाम्रो देशले २४औ शताव्दी पार गरिसकेको छ । हरेक ग्रामिण भेगका प्रत्येक गाउँ तथा टोलटोलमा सम्पूर्ण विकास निर्माणका कामहरू सम्पन्न भइसक्दा पनि हाम्रो टोल भने हरेक सेवा सुविधाहरू बाट अझै पनि पछि परेको छ । हामीहरू तुलसीपुर नगरपालिका भित्रै बसोबास गरेता पनि हरेक सेवा सुविधाहरू बाट पछि परेकै कारण शून्दर नगरी तुलसीपुरका बासिन्दा हौ भन्न समेत लाज लागेर आउँछ ।
उनीहरू अगाडि भन्छन् हाम्रो गाउँमा बल्ल तल्ल ६५ घर कुरयामा तथा २ सय ७० जनसंख्या भएको क्षेत्रमा झाँक्रिढुङ्गा खानेपानी तथा सरसफाइ समितिले एउटा मात्र सार्वजनिक धारा उपलव्ध गराएको थियो तैपनि मौसम अनुकुलका कारण मुलहरू फुटी पानीको श्रोत धमिलिन गइ धमिलो पानी पिउनु पर्दा अनेकौ रोगले ग्रसित हुनु परेको एकातिर एउटा पीडा रहेको छ भने अर्को तर्फ गाउँमा स्वास्थ्य क्लिनिक तथा यातायातको उचित व्यवस्थापन नभएका कारण सामान्य विरामी देखि ठूला विरामीहरू दैनिक २ घण्टाको लामो पैदल यात्रा गरी तुलसीपुर–१० दमारगाउ या तुलसीपुरका अस्पतालमा जानु पर्ने बाध्यता रहेको छ । यसरी समयमै रोगहरूको औषधी नपाएका कारण कयौ विरामीहरू रोगलाई हत्केलामा च्याप्दै मृत्युसंग लडेर बस्नु पर्ने बाध्यतामा रहेका छन् भने कयौ विरामीहरू हिंड्न नसकेर बीच बाटोमै अलपत्र पर्ने समस्या रहेको गुनासो पोखेका छन् ।
हाम्रो गाउँमा उचित अनुसारको शिक्षाको व्यवस्था छैन् । गाउँमा कुनै पनि विद्यालय नभएका कारण प्रा.वि., नि.मा.वि. तथा मा.वि. शिक्षा अध्ययनका लागि दैनिक ५ घण्टा हिंड्नु पर्ने बाध्यता रहेको छ । बीचमा ठूलठूला खोलाहरू पर्ने भएकाले वर्षातको समयमा बाढी पहिरोका कारण विद्यार्थीहरू विद्यालय जानबाट बञ्चित भएका छन् । यसरी विद्यालय जानबाट बञ्चित भएपछी ठुला बाल बालिकाहरू दाउरा, घाँस, मेलापातमा तँ साना बाल बालिकाहरू दिनप्रतिदिन धुँलो माटोमा खेलेर जिवन विताउन बाध्य भएका छन् भने अर्को तर्फ यातायातको व्यवस्था नभएकै कारण यस क्षेत्रका स्थानिय बासीहरूले आफुहरूद्वारा उत्पादित दैनिक उपभोगिय बस्तुहरूले वजार भाउ पाउन नसक्दा हामीहरूको जीवन स्थर दिनप्रतिदिन खस्किदै जानाले घर व्यवहार समेत सञ्चालन गर्न मुस्किल परेको छ ।
यति मात्र होइन यस क्षेत्रमा विधुत विस्तार भएता पनि एकातिर भनेको समयमा विजुली बत्ती नआउनु अर्को तर्फ विजुली बत्ती आएतापनि आँखा नै नदेखिने जुनकिरीको दीप झै पनि प्रकास दिन नसक्ने समस्याले गर्दा सो क्षेत्रका स्थानीयबासीहरू विगतका दिनहरूमा झै ममबत्ती, सल्लोको झक्रो, टुकि तथा टुकिमारा बालेर जिवन गुजारा चलाउनु पर्ने बाध्यताले गर्दा भयपूर्ण तरिकाले जीवन गुर्जानु परेको बाध्यता रहेको पीडा सुनाउदै उनीहरू अगाडि भन्छन् यस देशका नेताहरूले भोट माग्ने बेलामा जन्तालाई विभिन्न प्रकारका प्रलोभनहरू देखाएर भोट माग्दछन् तर विकाश निर्माणका वेलामा भने कुनै वास्तै गर्दैनन् । यी तँ भए एउटा उपल्लो गहते स्थित सालघारी टोल विकास संस्थाको पीडा । यस्ता पीडै–पीडामा रहेका गाउँहरू सोही क्षेत्रको ठूलासम्मा, कालमारे, ठाटीगाउँ भ्यूँडहर लगाएतका गाउहरूको अबस्था पनि यस्तै रहेको छ ।
यस्ता विकास निर्माणबाट पछी परेका वडाका गाउहरू हाम्रो नेपालमा थुर्पै रहेका छन् त्यसैले ती क्षेत्रहरूलाई विकास निर्माणमा टेवा पु¥याउनु सबैको सहयोग अपरिहार्य रहेको छ त्यसैले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रै रहेरपनि पछी परेका त्यस्ता गाउ टोललाई नेपाल सरकार, विभिन्न राजनीतिक दलहरू तथा सम्बन्धीत निकायहरूले समयमै एकजुट भएर विकास निर्माणमा पहल गरिदिएमा ति क्षेत्रहरूले विकास निर्माणमा टेवा पाउनुकासाथै स्थानीय बासिन्दाहरूद्वारा उत्पादीत देनिक उपभोगीय बस्तुहरूले बजारभाउ पाई उनीहरूको जीवन स्थर माथि उठी आफैमा आत्म निर्भर बन्न सक्थे कि ?


