वनगाउँमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भिर घाईते

Byदोर्ण के.सी.

२ पुष २०८०, सोमबार १७:१८ २ पुष २०८०, सोमबार १७:१८ २ पुष २०८०, सोमबार १७:१८

तुलसीपुर, २ पुस ।
तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर-११ कटाह निवासी ६० वर्षीय गणेश बस्नेत गम्भिर घाइते हुनुभएको हो ।

घाइते बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर मेडिकल कलेज बाँकेमा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको खुट्टा र अनुहारमा चोट रहेको छ ।

कटाहदेखी तुलसीपुरतर्फ आउदै गरेको रा ५ प २९५६ नम्बरको मोटरसाइकल तुलसीपुर १० वनगाउँ नजिकै सोमबार दिउँसो आफै अनियन्त्रित भइए दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds