दाेर्ण के.सी.
कपुरकाेट २७ मंसिर
लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान अन्तर्गत आज कपुरकाेट गाउँपालिकामा पालिकास्तरको वक्तृत्वकला प्रतियोगिता सहित र्याली र अभियानको समापन कार्यक्रम सम्पन्न भएकाे छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाईकाे आयाेजना तथा दलित विकास समाज र आईएमकाे सहयाेगमा सञ्चालित कार्यक्रममा र्याली र ६ वटै वडास्तरबाट प्रथम र द्वितीय स्थान हासिल गरेका ११ जना सहभागीहरुबिच सभ्य र सुसंस्कृत समाज निर्माणमा हाम्रो भूमिका विषयक वक्तित्वकलामा प्रतिस्पर्धा गराई सम्पन्न भएकाे हाे। महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा कुमारी ओलीकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनकाे प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीकाे बिशिष्ट आतिथ्यता रहेकाे थियाे भने सञ्चालन राेजगार संयाेजक विपना बुढामगरले गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, ३,४र ५ नं वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य,गाउँसभाका सदस्यहरु ,दलित विकास समाज जिल्ला संयाेजक प्रशान्त परियार र सामाजिक परिचालक प्रकाश वलीकाे पनि उपस्थिति रहेकाे थियाे । पालिकास्तरीय खुलावक्तित्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कपुरकाेट गाउँपालिका ५ निवासी भुमिका बुढाथोकी , द्वितीय स्थान हासिल गर्न सफल कपुरकाेट गाउँपालिका ६ निवासी लुद्रविर खड्का, तृतीयस्थान हासिल गर्न सफल कपुरकाेट २ नं वडा निवासी दीक्षा वली लाई क्रमश ३०००,२५००,२००० र प्रमाणपत्रले सम्मान गरिएकाे छ भने सान्त्वना स्थान हासिल गर्न सफल कपुरकाेट गाउँपालिका वडा नं ४ निवासी राधिका बुढामगरलाई प्रमाणपत्रले सम्मान गरिएकाे छ ।

२०८१ मङ्सिर १४ गतेदेखि वडास्तरबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सबै वडा कार्यालयहरूमा वक्तित्वकला प्रतियोगितासहित विभिन्न कार्यक्रमहरू गरी मनाइएको थियो भने २०८१ मङ्सिर २५ गते पालिकास्तरीय कार्यक्रम गर्दै समापन गरिएको छ। लैङ्गिक हिंसा अन्त्य गर्न सबैजना जुटौँ। अन्याय नसहौँ र अन्यायलाई रिपोर्ट गरौं। सभ्य र सुसंस्कृत समाज निर्माणमा अघि बढौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds