









दोर्ण के.सी.
तुलसीपुर, ७ चैत ।
लुम्बिनी प्रदेशमा एक महिनामा ६ सय ९२ फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । चालु आर्थीक वर्षको फागुन महिना भरी प्रदेशका १२ वटा जिल्लाबाट ६ सय ९२ जना फरार प्रतिबादीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी जनाद्र्धन जिसीले अपराथ नियन्त्रणलाई प्राथामिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियो । उहाँका अनुसार दाङमा मात्रै १ सय २३ जना फरार प्रतिबादी रहेकोमा फागुन महिनामा १ सय १२ जना पक्राउ परेका छन् । यसैगरी बाँकेमा १७९ जना मध्य १०३ जना पक्राउ परेका छन् भने बर्दीयामा ७२ जना मध्य ६९ जना पक्राउ परेका छन् । यस्तै रुपन्देहीमा १५९ जनामध्य ११५ जना, कपिलबस्तुमा ५७ जना मध्य ३३ जना, नवलपरासीमा ५० जना मध्य ३३ जना, पाल्पामा १८ जना मध्य १३ जना, रोल्पा र गुल्मीमा ४र४ जना रहेकोमा सबैजना पक्राउ परेका छन् । प्युठानमा १२ जना मध्य ६ जना, अर्घाखाचीमा ९ जना मध्य ७ जना पक्राउ परेका छन् । यसैबिच मासिक पत्रकार सम्मेलन अन्र्तगत आज एसएसपी जिसीले सार्वजनिक गरेको तत्थ्यांक अनुसार फागुन महिनामा मात्रै २१७ वटा घरेलु हिंसाका उजुरी परेका बताउनुभएको थियो । जसमध्य १४३ वटा उजुरीको फस्र्यौट गरिएको छ भने ७४ वटा उजुरी फस्र्यौट हुन बाकी रहेका छन् । यसैगरी सो अवधीमा १२ वटा जिल्लामा लागुऔषधका ६५ वटा मुद्धा दर्ता भएका छन् ९३ जनाले आत्महत्या गरेका छन् । यसैगरी २६६ जना हराएका व्यक्तीमध्य १३७ जनालाई प्रहरीले फेला पारेको छ भने १२९ जना अझै वेपत्ता रहेका छन् । फागुन महिनामा मात्रै महिला हिंसा न्यसनिकरण सम्बन्धि ६१ सचेतनामुलक कार्यक्रकहरु गरिएको छ भने लागुऔषध सम्बन्धि २६८ वटा कार्यक्रम गरिएको छ । यस्तै जवरजस्ती करणी विरुद्धका ३० वटा, ट्राफिक नियम तथा दुर्घटना न्युनिकरण सम्बन्धि ४४५ वटा, आत्महत्या न्युनिकरण सम्बन्धि २२९ वटा, साइबर अपराध सम्बन्धि १२८ वटा, लैगिंक हिंसा न्युनिकरण सम्बन्धि ७३ वटा सचेतनामुलक कार्यक्रम गरिएको एसएसपी जिसीले बताउनुभएको थियो । लुम्बिनी प्रदेशमा जम्मा ६५३ वटा प्रहरी इकाईहरु रहेकोमा ४० वटा प्रहरी इकाईबाट मात्रै मुद्धा चल्ने गरेको छ । प्रहरीले लागुऔषध तथा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगाएतमा सक्रिय रुपमा काम गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



