लामिदमारमा सिमेन्ट बोकेको गाडी दुर्घटना

Byदोर्ण के.सी.

९ माघ २०८०, मंगलवार १६:५९ ९ माघ २०८०, मंगलवार १६:५९ ९ माघ २०८०, मंगलवार १६:५९

तुलसीपुर, ९ माघ ।
तुलसीपुरमा सिमेन्ट बोकेको गाडी दुर्घटनामा परी तीन जना घाईते भएको छन् ।

दुर्घटनामा परी गाडी चालक तुलसीपुर-७ डाँडापातुका ३० वर्षिय गंगा चौधरी, गाडीमा सवार तुलसीपु-४ खाद्रेका ४४ वर्षिय शेर बहादुर खड्का र तुलसीपुर-४ लामीदमारका ६४ वर्षिय जुव बहादुर खत्री गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

तुलसीपुरबाट लामिदमारतर्फ जाँदै गरेको रा १ ज ४०९ नम्बरको गाडी मंगलबार दिउँसो साढे दुई बजेतिर तुलसीपुर-४ लामीदमारमा दुर्घटनामा परेको हो । गाडी करिब ६० मिटर तल खसेको छ । गाडी आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds