




दाेर्ण के.सी.
तुलसीपुर १७ असार
लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालले देशभर मसाल बालेकाेछ । नेपाल सरकारले लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालले राखेका मागहरु प्रती व्यवास्ता गरेकाे भन्दै देशभर मसाल जुलुस बाल्दै राज्यलाई चेतावनी दिएकाेछ । लघुवित्त तथा वित्तीय शाेषणकाे बिरुद्धमा संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष ज्ञवालीले यति गर्दापनि राज्यले आफ्ना


मागहरुप्रति व्यवास्ता गरेमा आन्दाेलनलाई कडाइका साथ तउव्र गतिले अगाडि बढाउने बताउनुभएकाे छ । काठमाडौमा गरिएको विशाल कार्यक्रमलाई सम्बाेधन गर्दै यदि सरकार तथा सम्बन्धित सराेकारवाला निकायहरुले लघुबित्त वित्तीय संस्थाहरुद्वारा गरिएका पिडीत दिदीबहिनीहरुका पिडाप्रति
समयमै चासाे नदिएमा आन्दाेलनलाई विगतकाे भन्दा फरक ढंगले अगाडि बढाईने बताउनुभएको थियाे । उहाँले आन्दोलनबाट कुनै क्षति भएमा त्यसकाे जवाफदेही स्वयं आफै हुनुपर्ने नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालले बताउनुभएकाे हाे ।




