थर्कोट समाचारदाता
तुलसीपुर, २५ साउन ।
राहत शिक्षकहरूले आईतबार तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमै धर्ना दिएका छन् । आफ्ना माग पुरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा राहत शिक्षकहरुले धर्ना दिएका हुन् । गत वर्ष शिक्षक महासंघले काठमाडौंमा गरेको २९ दिन लामो आन्दोलनपछि भएका सहमती तथा प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन नभएकाले देशभर एकैसाथ धर्ना गर्न बाध्य भएको नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरका सचिव प्रकाश शर्माले जानकारी दिनुभएको हो । पछिल्लो सहमती अनुसार सबै राहत शिक्षकको स्थायी व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्नेमा शिक्षा समिति तयार नदेखिएको भन्दै धर्नामा उत्रिनुपरेको उहाँले जानकारी दिनुभएको हो । सरकारको निराशाजनक स्थितिका कारण आज दाङ लगायत देशका ७ सय ५३ वटै स्थानीय तहमा एकसाथ धर्ना कार्यक्रम गरिएको हो । शर्माका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा जारी धर्नाले पालिकाको दैनिक कामकाजमा अवरोध भने गरेको थिएन । धर्ना कार्यक्रमपछि आज केन्द्रीय समिति बैठक बसेर अगाडि थप आन्दोलनका कार्यक्रमहरू तय गरिने नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds