थर्कोट समाचारदाता
तुलसीपुर १ असोज
विुश्वकर्मा पुजा देशभर विविध कार्यक्रम गरेर विश्वकर्मा वावाको पुुुुुुजाआराधना गरि मनाईयो । यसैविच आज राष्ट्रिय विज्ञान दिवस पनि भएकोले तुलसीपुर स्थित डिभाइन टेम्पल एकाडेमी विद्यालयमा अध्ययनरत माध्यामिक तहका छात्रछात्राहरुले एक विशेष कार्यक्रममा विग्यान प्रदर्शनी गरेका छन् । विद्यालयका संस्थापक प्राचार्य भोजराज न्यौपानेको अध्यक्षतामा भएको विशेष समारोहमा अभिभावकहरुको वाक्लो उपस्थितीका विच अन्य विद्यालय बाट समेत प्रदर्शनि अवलोकन गर्न विद्यार्थीहरु सहभागी भएका थिए । प्रदर्शनिमा विद्यालयका छात्रछात्राहरुले कृषि , जलविद्युत,हरितगृह, जैविक विभितता लगायत विभिन्न क्षेत्रका डेमोहरु प्रदर्शनमा राखेका थिए । अवलोकनका क्रममा अभिभावकहरुले आफ्ना वच्चाहरुले निर्माण गरेका सामाग्रीहरु देखेर खुशि व्यक्त गर्दै यस्ताखाले कार्यक्रमको निरन्तरतामा विशेष जोड दिएका थिए । समारोहमा बोल्ने वक्ताहरुले विद्यालयले विद्यार्थीहरुको मनोविज्ञानलाई वुझेर वेलावेलामा गरिने यस्ताखाले कार्यक्रमले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा महत्वपुर्ण भुमिका खेल्नुका साथै आफ्नो कला, सीप र प्रतिभा समेतको विकास हुनेभएकोले विद्यालयको प्रशंसा गरेका थिए । कार्यक्रममा साधना पाठशालाका प्रिन्सीपल तथा ऐन प्याव्सन दाङका कोषाध्यक्ष हरि भन्डारी, पारिजात बोर्डिङका प्रिन्सीपल , पत्रकार आशिष केसि लगायतकाले आआफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक जीवन लामिछानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds