थर्कोट समाचारदाता
तुलसीपुर, ९ जेठ ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको छ ।सडक चौडा गर्नका लागि राम्रीदेखि कपुरकोट सम्मको विभिन्न स्थानमा व्याक कटिङ गर्नुपर्ने अवस्था आएकोले सडक बन्द जेठ ११ गतेदेखि जेठ २० गतेसम्म हुने भएको हो । सो क्षेत्रमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म र साँझ ९ बजेदेखि राति १२ बजेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको सडक डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिएका हुन् । उनले सडक चौडा गर्नका लागि राम्रीदेखि कपुरकोट सम्मको विभिन्न स्थानमा व्याक कटिङ गर्नुपर्ने भएकाले गर्नुपर्ने अवस्था आएकोले सडक बन्द जेठ ११ गतेदेखि जेठ २० गतेसम्म हुने सडक डिभिजनले जनाएको छ । राम्री– कपुरकोट सडक बन्द भएको समयमा पैयाँखोरे सातबास किमुचौर हुँदै कपुरकोट सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख अधिकारीले जानकारी दिएका थिए ।तस्बिर ः छहरा अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds