




दोर्ण के.सी.
तुलसीपुुर, १२ मंसिर । पूर्व सिंचाई मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरील दिपक गिरीले बबई क्याम्पस रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताउनु भएको थियो । उहाँले मध्यपश्चिमको क्यू एए प्राप्त क्याम्पसले आफ्नो नाममा जग्गा ल्यायन नसक्नु लज्जासपद् रहेकाले यसका लागि अव सबै जना लाग्नु पर्ने बताउनु भएको थियो । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको ३४ औ स्थापना दिवस तथा १९ औँ वार्षिक सम्पनन साधारण सभालाई बुधबार सम्बोधन गर्दै उहाँले सो कुरामा जोड भएको हो । उहाँले शैक्षिक क्षेत्रमा राजनीति नगर्न आग्रह गर्दैे

आस्थाका आधारमा राजनीति गर्दा शैक्षिक क्षेत्रको गुणस्तर घट्ने भएकाले यस क्षेत्रमा राजनीति निषेध गर्नुपर्ने बताउनुभएको थियो । पश्चिम दाङको शैक्षिक धरोहरका रूपमा रहेको राप्ती बबई क्याम्पसको विकासमा आफ्नो सहित धेरै व्यक्तित्वहरूको योगदान रहेको उल्लेख गर्दै गिरीले क्याम्पसलाई गुणस्तर सुनिश्चितताको पुनः प्रमाणीकरण क्यूएए प्राप्त गराउनु ठूलो उपलब्धि भएको बताउनु भएको थियो । क्याम्पसका प्राध्यापकहरूलाई विशेष धन्यवाद दिँदै यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउने पहलमा आफु निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले राप्ती बबई क्याम्पसले उत्पादन गरेका विद्यार्थीहरु रोजगार खोज्दै जाने नभएर रोजगारी दिने विद्यार्थी उत्पादन गर्नु पर्ने बताउनु भएको थियो । उहाँले क्याम्पसले उद्यमशील जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । क्याम्पसको गुणस्तर वृद्धिका लागि राजनीतिक पहल गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले क्याम्पसको संरक्षण र प्रवर्द्धनका लागि आफू सधैं तयार रहेको बताउनुभएको थियोयो । उहाँले समय अनुसार नयाँ विषयका कक्षाहरू

सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै क्याम्पसको भौतिक संरचनाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभएको थियो । विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले राप्ती बबई क्याम्पसले शैक्षिक, भौतिक, आर्थिक, र नीतिगत उपलब्धिहरू हासिल गर्दै आएको बताउनु भएको थियो । कार्यक्रममा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकर प्रसाद भण्डारी, क्याम्पसका पूर्व अध्यक्ष मान बहादुर डाँगी, नेकपा

एमाले दाङका सचिव श्याम डाँगीले क्याम्पस भौतिक र शैक्षिक क्षेत्रमा अगाडि बढे पनि प्राविधिक धारका कक्षा संचालन गर्न आवश्यक रहेको बताएका छन् । आंगिक क्याम्पस बनाउनु पर्नेमा उहाँहरुको जोड रहेको छ । यस्तै कार्यक्रममा अक्ष्ययकोष स्थापना गर्ने बलदेव शर्मा, लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा, नेकपा एकिकृत समाजवादीका सचिव गीर बहादुर पुन लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। क्याम्पस संचालक समितिका अध्यक्ष श्याम कुमार रेग्मीको अध्यक्षता एंव पूर्व सिंचाई मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम सम्पनन भएको थियो ।


