










थर्कोट समाचारदाता
तुलसीपुर ३ भदौ,
तुलसीपुर उपमहानगरपालिका डा नम्बर १९ बिजौरीमा रहेको नयाँ पाईला पुनःस्थापना केन्दमा रहेको लागुपदार्थ दुव्र्यसनीका उपचाररत युवाहरुले आफ्ना दिदिबहिनीसँग भेट्ने मौका पाएकाछन् । उनीहरूले लामो समयको अन्तरालपछि रक्षाबन्धनको अबसर पारी आफ्ना दिदीबहिनीहरूलाई भेटेर रक्षबन्धन गर्दै माया साटासाट गर्ने अबसर पाएका हुन् रक्षाबन्धनको अवसरमा रक्षासूत्र बाँध्नाले दाजुभाई तथा दिदीबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ त्यही भएर रक्षाबन्धनमा टाढाटाढा रहेका दाजुबहिनीहरू एकजुट भएर माया साटासाट गर्ने गरेको पाईन्छ । रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि भएको केन्द्रले हरेक वर्ष यसो गतिविधि गराउँदै आउको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभएको थियो । परम्परा र संस्कारले भरिएको यो पर्वले हाम्रो समाजमा एकता, माया, र आपसी सम्मानको सन्देश दिने उहाँको भनाई रहेको थियो । यसरी लामो समयपछि रक्षाबन्धनको अबसरमा दाजुबहिनी भेट हुन पाउदा उनीहरू खुसीले हर्षीत भएका थिए ।



