यात्रुलाई सास्ती दिने काम बन्द गर र भाडादरमा एकरूपता लागु गर

Byदोर्ण के.सी.

१० मंसिर २०८०, आईतवार १८:१३ १० मंसिर २०८०, आईतवार १८:१३ १० मंसिर २०८०, आईतवार १८:१३

तपाई हामीहरू तुलसीपुरबाट अन्य जिल्ला तथा ठाउँहरूमा जानु पर्यो भने एकातिर गाडि वालाहरूले यात्रुहरूलाई तानेर हैरान गरेका हुन्छन् । यात्रु कहाँ जाने हो के गर्ने हो साध्दै नसोधेर गाडिवालाहरूले यात्रु एउटा गाडिमा त सामान अर्कै गाडिमा हालिदिएर एकदमै सास्ती दिएका हुन्छन् । भने अर्को तर्फ गाडिमा राखिसकेपछि आफ्नो मन पर्दी तरिकाले भाडा उठाउँछन् । कुनै गाडिमा तुलसीपुर देखि घोराहीसम्मलाई ८५ रूपैया भाडा हुनुपर्नेमा ९० रूपैया लगिदिन्छन् । सोही विषयमा सोधियो भने गाडि स्टाफहरू उल्टै झगडामा कसिन्छन् । यसप्रति यातायात व्यवसायीहरू गम्भिर हुन जरूरी छ । त्यस्तै तपाई हामीहरू बिहान तुलसीपुरको वसपार्क स्थित पिपलबोट नजिकै पुग्यौ भने भने । मान्छेको ठुलो भिड देख्छौ । थाहा नभएको मान्छेलाई झ्वाट् हेर्दा कुनै सवारी दुर्घटना भयो कि भन्ने हुन्छ । भिडतर्फ मान्छेको छिटो छिटो पाइला पनि जान्छ । त्यहाँ पुग्दा सोचेको भन्दा फरक अवस्था भेटिन्छ । उक्त ठाउँ एकैछिन शान्त एकै छिन अशान्त हुन्छ । यो क्रम जेठ ६ गते बिहानबाट निरन्तर जारी छ । कारण यात्रु राख्ने विषयमा विभिन्न यातायात प्रालिका चालक र सहचालकको बिचको झगडा हो । राप्ती त्रिशिद्देश्वरी यातायात प्रालि, तुलसीपुर यातायात प्रालि र अम्बिकेश्वरी यातायात प्रालिका बिचमा भएको जुँगाको लडाइको कारण त्यसको प्रत्यक्ष मार नेपालगञ्ज, घोराही, लमही। भालुबाङ, काठमांडौ लगायतका विभिन्न जिल्लाहरूमा जाने टाढा–टाढाका यात्रुलाई परेको हुन्छ ।


बसपार्कमा यात्रु ढुकेर बसेका चालक र सहचालकले नेपालगञ्ज तथा काठमाडौं जाने यात्रुलाई तानातान गर्दा उनीहरुले सास्ती खेप्नु परेको हो । एउटै ग्रुपमा गन्तव्यमा हिडेका यात्रुलाई हुरुरुरु छोप्न जाने चालक र सहचालकले तानेर आ–आफ्नो गाडीमा जबरजस्ती राख्दा यात्रुको बिचल्ली हुने गरेको छ । यो क्रम बिहान ५ बजेदेखि निरन्तर दिउँसो १२ बजेसम्म चलिरहन्छ । सवारी चालकको मनलाग्दी कामका कारण झोला एक ठाउँ, यात्रु अर्को ठाउँ र श्रीमती एउटा गाडीमा र श्रीमान अर्को गाडीमा चढ्ने बाध्यता सृजना हुँदै आइरहेको छ । विगतमा नेपालगञ्जसम्मका लागि प्रति यात्रु पाँचसय रुपैयाँमा बोक्दै आएका विभिन्न यातायात व्यवसायीहरु अहिले दुईसय रुपैयाँमा लग्न तयार छन् तर विवाद मिलाउने तर्फ त्यति चिन्ता र चासो देखिदैन् । अर्को समस्या के हो भने कम भाडाको प्रलोभन देखाएर यात्रुलाई गाडीमा राख्ने ४ र ५ जना भन्दा बढि भएनन् भने बिच बाटोमा गएर अर्को गाडीमा पठाईदिने । यसले गर्दा पनि यात्रुको यात्रा कष्टकर हुने गरेको छ । कोच्चिएर जानुपर्ने र सिट नपाउने समस्याले यात्रा तनावपूर्ण हुन्छ । त्यसमा हाम्रा चालक सहचालकको बानी तपाई हामीलाई थाह छदैछ । गुनाासो गर्ने बित्तीकै खप्की खानुपर्छ । यस्तो समस्या कहिले समस्या भोग्नु पर्ने हो । विवाद मिलाएर समस्या समाधानका लागि न यहाँको राजनीतिक दल, न प्रशासन, कसैलाई कुनै कुराको पनि चासो छैन् । यातायात व्यवसायीहरूले भाषणमा ठुला–ठुला कुरा गर्दछन् तर व्यवहारमा लागु गर्दैनन् उनीहरूलाई मानिस राख्नेमात्र चासो छ तर यात्रुलाई कसरी सेवा दिने, भाडा दर के कति कायम गर्ने भन्ने विषयमा कुनै चासो दिईएको छैन् ।सार्वजनिक सरोकार र चासोको विषयमा सरोकारवाला निकाय किन बोल्दैनन् ? किन मौन छन् ? ड्राइभर र खलासीको झगडा हो भनेर हेलचेक्र्याई गर्न पाइन्छ र ? तुलसीपुरदेखि घोराहीसम्मको भाडा दर कति हो किन भाडादरमा एक रूपता आउन सकेको छैन् ? के आम जनताले सधैभरि सास्ती खेपिरहनु पर्ने हो ? यसप्रति सम्पूर्ण यातायात व्यवसायीहरू, विभिन्न सम्बन्धित सरोकारवाला निकायहरू गम्भिर हुन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds