मोटरसाईकल दुर्घटनामा परी दुई जना गम्भिर घाइते

Byदोर्ण के.सी.

७ पुष २०८०, शनिबार १६:४५ ७ पुष २०८०, शनिबार १६:४५ ७ पुष २०८०, शनिबार १६:४५

तुलसीपुर, ७ पुस । तुलसीपुरमा मोटरसाईकल दुर्घटनामा परी दुई जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-१३ सिमलखुट्टिका २५ वर्षिय टेक बहादुर महतारा र सोहि ठाउँका १७ वर्षिय अनिल घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।

घाईते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरदेखि बखरियातर्फ जादै गरेको रा २ प ७२४ नम्बरको मोटरसाइकल तुलसीपुर-१२ पुकार पसल स्थित आफै अनियन्त्रित भइ दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds