मोटरसाइकल दुर्घटनामा रोल्पाका दुईजना घाइते

Byदोर्ण के.सी.

३ पुष २०८०, मंगलवार १५:५९ ३ पुष २०८०, मंगलवार १५:५९ ३ पुष २०८०, मंगलवार १५:५९

तुलसीपुर, ३ पुस । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक रोल्पाको गंगादेव गाउँपालिका ४ निवासी १८ वर्षीय महेश डाँगी र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १९ वर्षीय कमल वली घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुरको सल्यानरोडमा रहेको सहकारी पेट्रोलपम्प देखी बजारतर्फ आउदै गरेको रा ७ प ६३४६ नम्बरको मोटरसाइकल मंगलबार बेलुका साढे ६ बजेको समयमा तुलसीपुर ७ डाँडापातु नजिकै सडकमा राकिराखेको रा १ छ १०३२ नम्बरको पिकअप भ्यानमा ठोक्किदा दुर्घटना भएको हो ।घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds