


थर्कोट समाचारदाता
दाङ, ९ भदौ । दाङमा आज सडक दुर्घटनामा परि एक बालक घाईते भएकाछन् । यसरी घाईते हुनेमा दंगिशरण गाउँपालिका–६ बागरमा मोटरसाइकलको ठक्करबाट ११ वर्षीय बालक आहोन डाँगी घाइते भएका छन् । पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प ८७२२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ति बालक घाईते भएका हुन् । ठक्करबाट बालकको छाती र दुबै खुट्टामा चोट लागेको छ । बालकको अवस्था मध्यम रहेकोले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभएको थियो ।
